खेलकुद

‘ए’ डिभिजन लिग : साताैँ चरणका खेल शनिबारदेखि
SHARES

मंसिर २१, २०७५

    काठमाडौँ : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत साताैँ चरणका खेल शनिबारदेखि हुँदैछन्। 

    शनिबार एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ। दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ। हिमालयन शेर्पा छ खेलमा तीन जित एक बराबरी र दुई हार व्याेहोरेर्दै १० अंकका साथ अंक तालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि सोही नतिजाका साथ तालिकाको पाँचौ स्थानमा छ। 

    दोस्रो खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको सङ्कटाविरुद्ध खेल्नेछ। सङ्कटाले अहिलेसम्म छ खेलमा पाँच खेलमा जित निकालेको थियो भने आर्मीसँग पाँच एकले पराजित हुँदै १५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। छैटौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङलाई थ्री स्टारले पछ्याइरहेको छ। 

    गत असोज १३ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ क्लबले छ/छ खेल खेलिसकेका छन्। कूल ९१ मध्ये छैटौँ चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छन्। उपाधि दाबेदार क्लब मनाङ मस्र्याङ्दीले अहिलेसम्म सबै छ खेल जितेको छ। मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ। लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन्। 

    यस्तै एक खेल मात्र हारेका थ्री स्टार र सङ्कटा अंक तालिकामा आर्मीभन्दा अगाडि छन्। मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अंकले पछि परेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]