मनोरञ्जन

क्रिकेटसम्बन्धी फिल्म निर्माण हुने
SHARES

पुस २४, २०७५

    काठमाडौं : एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले अब फिल्म निर्माण गर्ने भएको छ। एक्सपर्टले नेपाली क्रिकेटसम्बन्धी फिल्म निर्माण गर्न लागेको संस्थाका सद्भावनादूत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए। अस्ट्रेलियाको सिड्नीमा आयोजित कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिव शर्माले फिल्मको निर्माण गर्न लागेको बताएका हुन्।

    कप्तान खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा यसको घोषणा उत्साहजनक भएको बताए। ‘खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा क्रिकेटसम्बन्धी फिल्म निर्माणको खबर निकै उत्साहजनक छ। फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा हुनेछ’, खड्काले भने।

    फिल्मका मुख्य अभिनेता सुनोद श्रेष्ठ रहनेछन्। अन्य कलाकार र निर्देशक भने छिट्टै सार्वजनिक हुने फिल्म निर्माण गर्न लागेका संजिव शर्माले जानकारी दिए। मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो। यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।

    सात समुद्रपारि, बिर्सन सक्दिनँ, तिमी र म उनका असाध्यै रुचाइएका म्युजिक भिडियो हुन्। श्रेष्ठले अस्ट्रेलियाली टेलिभिजन च्यानल सेभनमा प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन्। उनले अस्ट्रेलियाको प्रख्यात टेलिभिजन एसबिएसमार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत अभिनय गरेका थिए।

    यस्तै, हास्य टेलिशृंखला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि काम गरिसकेका छन् श्रेष्ठले। उनले च्यानल नाइनमार्फत् प्रसारण भएको ग्यालोपोली वारमा गोर्खालीको रूपमा गरेको अभिनय असाध्यै चर्चित थियो। सुनोदले सन् २०१६ मा अस्ट्रेलियाली फिचर फिल्म द मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]