खेलकुद

रोनाल्डोविरुद्ध पक्राउ पुर्जी जारी, डीएनए टेस्ट गरिने
SHARES

पुस २७, २०७५

    पुर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ। बलात्कारको आरोप लागेका रोनाल्डोको डीएनए टेस्टका लागि पक्राउ पुर्जी जारी गरिएको हो।

    पक्राउ पुर्जी अमेरिकाको लस भेगास प्रहरीले जारी गरेको हो। अमेरिकाको लस भेगासमा बलात्कारको मुद्दा चलिरहेका रोनाल्डो यतिबेला इटालियन सिरी ए खेलिरहेका छन्। स्पेनको रियल म्याड्रिडबाट ला लिगा खेल्दै आएका रोनाल्डो यो सिजनदेखि इटालियन क्लब युभेन्टसमा गएका छन्।

    रोनाल्डोमाथि एक अमेरिकी पूर्वमोडल क्याथरिन मायोर्गाले बलात्कारको आरोप लगाएकी हुन्। उनले घटना सन् २००९ मा लस भेगासको एक होटलमा घटेको बताएकी छन्। रोनाल्डोले भने सबै आरोप गलत भएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]