स्वास्थ्य

बिरामीकाे मृत्युपछि अस्पतालमा तोडफोड, ६ जना पक्राउ
SHARES

माघ २५, २०७५

    चितवन : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विरामीका आफन्तले भरतपुर १० मा रहेको मनकामना अस्पतालमा तोडफोड गरेका छन्। तोडफोडमा संलग्न ६ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका ९ शरदपुरका ३८ वर्षीय कृष्णप्रसाद भुसाल घरनजिकैको वरण्डाभार मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए।

    भुसाललाई शुक्रबार विहान ११ः५० बजे अस्पतालमा भर्ना गरेकोमा दिउँसो १: १५ बजे उपचारका क्रममा मृत्यु भएको थियो। घाइतेको उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त अस्पताल तोडफोडमा उत्रिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। टाउको र शरीरका  चोट लागेका भुषालको अस्पताल आइपुग्दा अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। तर मृतकका आफन्तले भने अस्पतालको लापारवाहीले विरामीको मृत्यु भएको आरोप लगाएको छ। 

    तोडफोडबाट अस्पतालको सोधपुछ कक्ष र आसपासका सिसा फुटेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार एकलाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको डिएसपी रेग्मीले बताए। घटना लगत्तै पुगेको प्रहरीले अस्पतालमा सुरक्षा दिइरहेको छ।

    घटनापछि जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]