राजनीति

ओली-प्रचण्डको भेट, भने : असमझदारी नलम्ब्याऊँ, सम्बन्ध नबिगारौँ
SHARES

File Photo
माघ २६, २०७५

    काठमाडौं : भेनेजुयला प्रकरणले नेपाली राजनीति तरंगित भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय बीच शनिबार भेटवार्ता भएको छ।

    प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

    भेटघाटमा पछिल्लो समय देखिएको असमझदारीका विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ। भेटमा पछिल्लो समय देखिएको असमझदारी लम्ब्याउन नहुने विषयमा छलफल भएको थियो। भेनेजुयला संकटका विषयमा अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्तिका विषयमा प्रधानमन्त्री ओलीले प्रचण्ड शब्दमा 'चिप्लिएको बताएपछि दुई अध्यक्षबीच सम्बन्ध चिसिएको थियो। 

    जसको जवाफमा प्रचण्डले सरकार र पार्टी बोलिसकेकाले व्यक्तिले के भन्यो भन्ने कुराले अर्थ नराख्ने बताएका थिए। 

    शुक्रबार भएको एक कार्यक्रमा अध्यक्ष प्रचण्डले सरकारको कार्यशैलीप्रति आलोचना गरेपछि नेकपा नेतृत्वको असमझदारी सतहमा आएको थियो। पार्टी एकीकरणकै चरणमा रहेका बेला अध्यक्षद्वयबीच मन मिल्न नसकेको भन्दै कार्यकर्ता स्तरबाट आलोचनासमेत हुन थालेको छ। दुई अध्यक्षबीच सम्बन्ध बिग्रन लागेको भन्दै चर्चा हुन थालेपछि प्रधानमन्त्री ओलीले यसलाई लामो समय राख्न नहुने र सम्बन्ध बिगार्न दिन नहुने बताए।

    जवाफमा प्रचण्डले सरकार र पार्टी सञ्चालनको विषयमा एकलौटी निर्णय भइरहेको भन्दै असन्तुष्टि राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]