मनोरञ्जन

शिव परियारको 'तिमी नै मेरो सास हौ' सार्वजनिक (भिडियो)
SHARES

माघ २७, २०७५

    काठमाडौं : नेपाली सुगम संगीतका चर्चित गायक शिव परियारको नयाँ गीत 'तिमी नै मेरो सास हौ'को भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीत आफ्नो दर्शक तथा स्रोतालाई प्रेम दिवसको उपहार भएको गायक परियारले बताए।

    गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको  संगीत तथा एरेन्ज रहेको छ। 'आँसुको अर्थ'बाट चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले उक्त गीतको भिडियोमा अभिनय रहेकाे छ। शिवकै स्वरमा रहेको ‘आशुको अर्थ’ बोलको गीतले केही समयअघि मात्रै एक करोडभन्दा बढी भ्युज पाएको थियो। गायक परियारको शिवालय एल्बममा समावेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको रोमान्स देख्न सकिन्छ।

    सुहाना क्रियसनको प्रस्तुति रहेको सो भिडियो लोभलाग्दो र आकर्षक बनेको छ। बुद्ध थापाले छायाकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन्। भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ। भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]