|

काठमाडौं : 'भ्यालेन्टाइन डे'को अवसर पारेर गायक सम्पथ ढकाल ‘सन्तोष’ले ‘सातौँ जनम’ बोलको गीत ल्याएका छन्। मायाप्रेमको विषयमा केन्द्रित रही तयार पारिएको गीतमा स्वर, शब्द तथा संगीत पनि गायक ढकालकै छ।

विशाल निरौलाले एरेन्ज तथा मिक्सिङ गरेको गीतको भिडियो निर्देशन दीपक अधिकारीले गरेका छन्। भिडियोको सम्पादन विजयराज भुर्तेलले गरेका छन्। सातौँ जनमसँगै बाँच्ने कसम खाएको भावमा मोडल आवाज गुरुङ र सुशिक्षा पराजुलीले अभिनय गरेका छन्। 

गीतको भावअनुसार नगरकोटको सुन्दर दृश्यलाई भिडियोमा कैद गरिएको निर्देशक अधिकारीले बताए। वासु बरालले छायांकन गरेको उक्त गीत ओएसआर डिजिटलबाट शनिबार रिलिज गरिएको गायक ढकालले बताए। 

भिडियो
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.