अर्थ

एनसेलको पूँजीगत लाभकर असुलीमा समस्या छैन : अर्थमन्त्री खतिवडा
SHARES

File Photo
माघ २७, २०७५

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या नरहेको बताएका छन्।

    अर्थमन्त्री खतिवडाले एनसेलसँग अझै पनि ६३ अर्ब संचित पूँजी रहेको उल्लेख गर्दै त्यसबाट बक्यौता पूँजीगत लाभकर असुली गर्न कुनै समस्या नरहेको प्रष्टयाए। आइतबार संघीय संसदको अर्थ समितिको बैठकमा उनले सर्वोच्च अदालतको आदेश अनुसार एनसेलको पूँजीगत लाभकर उठाउने प्रतिबद्धता पनि जनाए। उनले संस्था हस्तान्तरणसँगै उनीहरूको दायित्व पनि हस्तान्तरण हुँदै जाने भएकाले सरकारले सोही अनुसार एनसेलको लाभांश कर असुली गर्ने पनि  स्पष्ट पारे।

    अर्थमन्त्री खतिवडाले ऐनसेलको पूँजीगत लाभकर असुली गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको पनि बताए। बैठकमा समितिका सदस्यहरूले एनसेलसँग पूँजीगत लाभकरबापतको १२ अर्ब ७३ करोड असुली गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]