समाज

नैनापुरमा हट्यो भारतीय मोबाइल फोन प्रयोग गर्ने बाध्यता
SHARES

माघ २८, २०७५

    बाँके : भारतीय टेलिफोन कम्पनीको मोबाइल फोनमा भर पर्दै आएका नरैनापुर गाउँपालिकाका नागरिकहरु नेपाली टेलिफोन सेवा प्रदायक कम्पनीले सञ्चालन गरेको मोबाइल फोन प्रयोग गर्नेको संख्या बढ्दै गएको छ। नेपाली मोबाइल कम्पनीले सञ्चालन गरेको मोबाइल सेवा नेटवर्कले राम्रोसँग काम गर्न थालेपछि प्रयोगकर्ताको संख्या बढेको हो।

    नेपाल टेलिकमले चौबिसै घण्टा मोबाइल नेटवर्कको व्यवस्था गरेपछि पछिल्लो समय नेपाली मोबाइल फोनको प्रयोगकर्ता बढेको नरैनापुर गाउँपालिका–५, मटेहियाका मोहम्मद सफिक बेहनाले बताए। ‘भारतीय मोबाइल फोन पनि प्रयोग हुन्छ,’ उनले भने, ‘तर नेपाली मोबाइल प्रदायकको फोन प्रयोग गर्नेको संख्या बढेको छ।’

    बघौडा भनेर चिनिने नरैनापुर गाउँपालिका विकासको हिसाबले बाँकेको कर्णाली भनेर चिनिन्छ। भारतीय टेलिफोनमा निर्भर रहेको नरैनापुर गाउँपालिकाको कार्यालयका साथै छ वटै वडामा इन्टरनेट सेवा पुगेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले भने, ‘कामकाजमा सहजता ल्याउन सबै वडा कार्यालयमा इन्टरनेटको ब्यवस्था गरिएको छ।’ 

    उनले इन्टरनेट प्रयोग गर्न नेपालगन्ज जानुपर्ने बाध्यता अन्त्य भएको बताए। इन्टरनेट बिस्तारसँगै गाउँपालिकाले इ–बिडिङमार्फत टेन्डर हाल्ने व्यवस्था मिलाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]