अर्थ

उखुबाट २४ घण्टामा यसरी बन्छ चिनी, (भिडियो रिपोर्ट)
SHARES

माघ २८, २०७५

    काठमाडौं : व्यापारमुखी बन्दै गइरहेको नेपालको अर्थतन्त्रमा उद्योगको योगदान घट्दै गएको छ। नेपाली उपभोक्तालाई कुन सामग्री कसरी बन्छ भन्ने विषयमा जानकारीसमेत कमै हुन्छ। दैनिक जनजीवनमा आवश्‍यक पर्ने चिनी अत्याधुनिक मेसिननबाट कसरी बन्छ होला कुन कति समय लाग्छ होला र यसको शुद्धता कसरी गरिन्छ होला? यो चासोको विषय बन्नु स्वाभाविकै हो।

    महोत्तरी र सर्लाहीमा रहेका केही उखुमिलको स्थलगत अध्ययनपछि हामीले चिनी बन्ने प्रकियाको सवालमा तयार पारेको  भिडियो रिपोर्ट

    नेपालमा उखु मिल सामान्यतया चार महिना चल्ने गरेका छन् केही मिल पूर्ण क्षमतामा चले पनि धेरै मिलहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन्। नेपालमा पुसदेखि चैतसम्म २४ घण्टा नै मिल प्रयोगमा रहने उद्योगीहरूको दाबी छ। अहिले नेपालका १३ वटा उखु मिलबाट नेपाललाई आवश्‍यक पर्ने साढे दुई लाख मेट्रिक टन चिनी उत्पादन गर्न सक्ने उद्योगीको दाबी छ। गत वर्ष भने एक लाख ७८ हजार टन मात्रै चिनी उत्पादन भएको थियो।

    हिमालयन चिनी उद्योगका कार्यकारी निर्देशक एसके सराफका अनुसार एउटा उखु चिनीको गेडाका रूपमा परिणत हुन २४ घण्टा लाग्ने गर्छ। उखु ल्याइसकेपछि मुख्यत तीनवटा हाउसबाट काम हुन्छ एउटा हाउसले चिनीका लागि आवश्‍यकपर्ने विद्युत् उत्पादन गर्छ भने दुईवटा हाउसले चिनी उत्पादनकै प्रकिया पूरा गर्छ।

    तीन हाउसमध्ये मिल हाउसले रस निकाल्छ भने पावर हाउसले बिजुली निकाल्न र बोइलिङ हाउसले चिनी बनाउने काम गर्छ। चिनी बनाउनका लागि उखु उत्पादन गर्ने किसानले उखु काट्ने बेला भने उद्योगको पुर्जी चाहिन्छ।

    उद्योगीले पुर्जी जारीगरेपछि तीनदेखि पाँच दिनको समयमा मिलमा उद्योग पठाउनुपर्ने हुन्छ। ट्याक्टर र गोरुगाडाको सहयोगमा ल्याइने उखु तत्कालै अनलोडरबाट सिस्टममा हालिन्छ।पहिलो काम सफा गरेर उखुलाई धुलाउने हुन्छ। 

    धुलोलाई म्यागनेन्टको माध्यमबाट फलामको टुक्रा तान्‍ने काम गरिन्छ। फलामको टुक्रामा निकालेपछि रस र खोया छुट्याइन्छ। रसलाई पाँचवटा मेसिनमा हालिन्छ अन्तिम दुईवटा मेसिनको रस चिनी बनाउनका लागि बोइल हाउसमा हालिन्छ भने अन्य तीन मेसिनको जुस र आधा पानी प्रयोग गरी चिनी मिल चलाउनका लागि आवश्‍यक पर्ने पावर (विद्युत् उत्पादन गरिन्छ)।

    बोइल हाउसमा जाने जुसलाई पहिले चुना र सल्फरमा घोलेर सफा गर्ने काम गरिन्छ। यसले माटो र फोहोर निकाल्ने काम गर्छ। बोइल हाउसमा विभिन्न चरणमा पकाएर दाना बनाइन्छ

    दाना बनाएर ठोस बनाउन चिनीलाई पुन: पखालेर दाना मेसिनमा पठाइन्छ। दाना बनेपछि पुन: म्यागनेन्टको सहयोगले फलामको टुक्रा तान्ने काम हुन्छ। अनि प्याकिजिङ हाउसमा पठाइन्छ प्याकेजिङ गरेको चिनी स्टोरमा पुर्‍याउने काम गरिन्छ।

    अहिले नेपालका चिनी उद्योगसँग गत वर्षको मात्रै साढे तीन लाख क्विन्टल मेट्रिक टन चिनी स्टोर रहेको छ। सरकारले अहिले एक क्विन्टल उखुको मूल्य  ४७१ रुपैयाँ तोकेको छ भने एक क्विन्टल उखुबाट नौ केजी चिनी उत्पादन हुने उद्योगीको दाबी छ। उखुको मूल्य मात्रै प्रतिकिलो ५४ रुपैयाँ पर्ने दाबी छ।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]