राजनीति

सभापतिको दबाबपछि नेविसंघ अध्यक्ष महरले दिए राजीनामा
SHARES

माघ २८, २०७५

    काठमाडौं : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन्। पार्टी नेताहरुको प्रेसर थेग्न नसकेपछि अध्यक्ष महरले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका हुन्। 

    अध्यक्ष महरले राजीनामा दिँदै पार्टीले काम गर्न नदिएको पनि गुनासो गरे। अध्यक्ष महरको नेतृत्वमा कार्यसमिति आएपछि देश नयाँ संरचनामा गएर तीनै तहको निर्वाचन भएको र निर्वाचनमा होमिनुपर्दा काम गर्न नपाएको उनको स्पष्टोक्ति थियो। तोकिएको दुई वर्षे कार्यकाल भदौ २ गते महाधिवेशन गर्न नसकेपछि पार्टीले दुई पटक गरेर माघ २ गतेसम्म पाँच महिनाको समय थप गरेको थियो। थपिएको पाँच महिनामा पनि सुरुमा पार्टीले हस्तक्षेप गरेको र पछि महासमिति बैठकले ढिला भएको उनको तर्क छ। 

    अध्यक्ष महरलाई पछिल्लो समय आफ्नै गुटका विद्यार्थी नेताहरुले असहयोग गर्दै आएका थिए। नेविसंघको विषयमा पार्टीभित्रै विवाद सुरु भएपछि सभापति देउवाले अध्यक्ष महरलाई राजीनामा दिन दबाब दिएका थिए।

    अध्यक्ष महरको राजीनामा पछि नेविसंघका बारेमा के निर्णय गर्ने भन्ने बाटो खुलेको छ। पार्टीले हटाउनुभन्दा आफैँ राजीनामा दिन ठीक हुन्छ भन्दै उनले राजीनामा दिएको उनी निकट स्रोत बताउँछ। राजीनामा बुझ्दै सभापित देउवाले सबैको सल्लाहमा अब अघि बढ्ने बताएका थिए। संचारमाध्यमको अगाडि नबोलेका देउवाले विद्यार्थी नेताबीच उचित निर्णय लिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]