ब्लग

बसमा भेटिएकी केटी...
SHARES

फागुन २३, २०७५

    चक्रपथ जाने गाडीको सेकेन्ड लास्ट सिटमा छु। ठिक अगाडिको बायाँपट्टिको थर्ड लास्टमा कुनै अपरिचित नवयौवना बसेकी छिन्। गाडीमा त्यति भिडभाड छैन। सधैँ भिडको यात्रा गर्न बानिपरेको मलाई केही अपुग भएझैँ लागिरह्यो। उसो त म सातौँ गाडी छोडेर आठौँ गाडीमा छिरेको थिएँ। खाली सिट कारण  थियो।  वास्तत्वमा भिड गाडीमा यात्रा गर्न रुचाउने मान्छे हुँ तर केही दिन अघिको घटनापश्चात् भिडमा हिँड्न छोडेको थिएँ म।

    अफिसबाट हतारहतार रत्नपार्क आएर कीर्तिपुर जाने गाडीमा चढेको थिए। भिड उस्तै थियो। सकेसम्म यात्रा सहज होस र कसैको शरीरलाई छुन नपरोस् भनेर सास पनि मन्दमन्द फेरेको  थिएँ। अफसोच एक युवतीलाई छुन पुगेँछु। छोएपछि माफी माग्नु मेरो कर्तव्‍य हुन जान्थ्यो। मैले माफी माग्न नपाउँदै उसले घरमा दिदीबैनी छैनन् भनेर बोलिहाली। मैले माफी माग्दै वातावरण सहज बनाउने कोसिस गरेँ।

    ऊ एक्लै फतफताउन थाली, 'अचेल एक्लै हिँड्नै नहुने भो। सहरमा आवाराको बिगबिगी भो।' मलाई भाउन्न छुटिहाल्यो। 'तपाईंका घरमा चाहिँ दाजुभाइ छैनन्? यदि छन् भने सोध्‍नु, गाडीमा कोही अपरिचित भिडलाई छुनु रहर हो कि बाध्यता? अपरिचित केटीको छुवाईबाट आनन्द आउँछ कि आउँदैन भनेर?' मेरो आवेग यतिमै सीमित भयो। जब अर्की महिलाले उठेर भनिन्, 'गाडीमा हिँड्ने सबै केटाहरू नानीले भनेजस्तै आवारा हुँदैनन्।' सबैले मलाई र उनलाई एकचोटि हेरे। नयाँ बजारमा म झरेँ। त्यसदिन देखि गाडीमा झमेला खेप्नुपर्ने सकसले सकेसम्म म गाडीमा सिट पाए मात्र यात्रा गर्छु। चाहे हतार नै किन नहोस्।

    गाडी अहिले कान्तिपथमा छ। उक्त केटीले मोबाइल निकाली। फेसबुक चलाउन थाली। नाम आस्मा खरेल। प्रविधिले आजका पुस्तालाई यति धेरै बिजी बनाएको छ कि ऊ आफ्नो ग्याजेटभन्दा बाहिर निस्कन कि डाटा सकिनुपर्छ। कि ब्याट्री। गाडीमा अन्य मान्छे छन्। तर मलाई के। मेरो नजर नवयौवनाप्रति नै गयो। सायद उमेर र प्रेम कथा पढ्ने बानीको असर हो यो।

    उसले बिहान मात्र फोटो हालेकी रहेछ। कुनै कम्पनीमा काम पनि गर्दी रहिछ। पछाडि लोगो देखियो। दिनभर हाकिमको आँखा छल्न नपाएर पो हो कि उसले कमेन्टलाई रिप्लाई दिन भ्याएकी रहेनछ। यो कुरा मलाई बुझ्न समय लागेन। किन भने उसले हरेक कमेन्टको रिप्लाईमा थ्यान्क यु भनिरही। पचास कमेन्टमध्ये, अधिकांश केटाहरूले कमेन्ट गरेका रहेछन्।

    उसले मोबाइल हेरी। आम्मा हो!, एउटा फोटोमा पाँच सय लाइक। म्यासेज बिस, फ्रेन्ड रिक्वेस्ट पैतालीस। मनमनै लाग्यो, केटी सहरकी सेलिब्रेटी नै रैछ। गरिबले यस्तै त हो सोच्ने। कि कसो हो? मान्छे गाडीमा चढ्ने र झर्ने क्रम जारी छ। सार्वजनिक गाडीको विशेषता नै यही हो कि कुनै पनि सिट कसैको हुँदैन। जो चढ्यो। जसले ओगट्यो  गन्तव्‍यमा नपुग्न्झेलसम्म उसैको भयो।

    उसले बिहान मात्र फोटो हालेकी रहेछ। कुनै कम्पनीमा काम पनि गर्दी रहिछ। पछाडि लोगो देखियो। दिनभर हाकिमको आँखा छल्न नपाएर पो हो कि उसले कमेन्टलाई रिप्लाई दिन भ्याएकी रहेनछ। यो कुरा मलाई बुझ्न समय लागेन। किन भने उसले हरेक कमेन्टको रिप्लाईमा थ्यान्क यु भनिरही। पचास कमेन्टमध्ये, अधिकांश केटाहरूले कमेन्ट गरेका रहेछन्।

    सो क्युट, ब्युटिफुल, पृन्सेसले उसका फोटोका मुन्तिर देखिएका कमेन्ट हुन् यी। मनमनै लाग्यो, 'बोकाहरू। यति भन्दैमा केटीलाई मख्ख पार्न खोजेका होलान्।'  केटीहरू कमजोर छैनन्। पैसा र प्रशंसा पानीका फोका हुन् । केटीहरू स्वतन्त्रता चाहन्छन् र चाहन्छन् आत्मसम्मान। एउटाले भर्खर कति सुन्दर स्वर्गकी अप्सरा जस्ती भनेर कमेन्ट गर्‍यो। उसले चारैतिर आँखा डुलाई अनि निधारमा आएको कपाल कानमा सिउरेर थ्यान्क्यु लेखी।

    उसले आफ्नो मोबाइल स्क्रोल गरिरही। फरक-फरक ठाउँका फरक फोटा। उस्तै पोज। केटी पोज मेकर नै रैछ। उसले फोटोमा आएका कमेन्टमा रिप्लाई दिनै छोडी। झ्याउ पो लाग्यो कि। रिप्लाई गर्न एउटा स्‍टाफ राखे पनि हुने मैले सोचेँ। रहर मलाई उसको स्‍टाफ बनेर बस्ने नै थियो। तर, मैले मेरी प्रेमिका सम्झेँ। केटाको जात सम्झेर फिस्स हासेँ। पालो अब म्यासेजको थियो। म्यासेजमा पनि केटाहरूकै हालिमुहाली। सर्कलमा केटाहरूले अचेलका केटीहरूको लास्टै भाउ बढेको छ भनेर कुण्ठा पोखिरहेका हुन्छन्। उनीहरूको कुण्ठा सुन्दा झुक्किएर भए पनि भगवानले यिनीहरूलाई एउटा केटी मिलाइदिए हुने कामना गर्छु। भगवानले मेरो कामना सुन्ने चेष्टा गरेनन्। अचेल माया गर्ने प्रेमिका भगवानले भन्दा आफ्नो  कर्मले पाइन्छ।

    केटीहरूको भाउ बढ्नुमा पनि केटाहरूकै ठूलो देन छ। देख्यो कि फ्रेन्ड रिक्वेस्ट पठाइहाल्ने। म्यासेजमा खबर सोधिहाल्ने, प्रशंसाका थुप्रा बर्साइहाल्ने। कतिलाई साथी बनाउनु? कतिलाई  रिप्लाई गर्ने? उसको म्यासेजमा पनि केटाहरूको लाइन थियो, मानौँ सबैको कोरिया पुग्ने लक्ष्य छ।

    उसले कसैको पनि म्यासेज रिप्लाई गरिनँ। ठिक गरी। कोही केटासाथी केटीसँग बोल्यो भने केटाहरूको दिमाग ठिक ठाउँमा रहँदैन। त्यसपछि दिनको भोक रातको निद्रा गायव। सुन्दा अनौठो लाग्न सक्छ। तर, यो युवाहरूको जीवनमा मेल खान्छ। यो देखाई हो। भोगाई हो। केटाहरूमा पनि एक किसिमको ईर्ष्‍या हुन्छ। यो भन्नुपर्ने विषय होइन। केटीहरूको जानकारी लागि मात्र।

    फ्रेन्ड रिक्वेस्ट नगण्य मात्रामा केटी छन्। केटीहरूलाई उसले इग्नोर हानी। तर, हरेक केटाहरूको उसले प्रोफाइल हेरी। आफ्नो साथी बन्न लायक छ कि छैन भनेर। उसले केहीलाई एसेप्ट गरी कसैको फ्रेन्ड रिक्वेस्ट डिलेट। विचरा डिलेट गरेका ती केटाहरू। कुन तालमा पठाएथे होलान्। यो जुनीमा उनीहरूको भाग्यमा यो केटी  साथी बन्न नलेखेको रहेछ भन्दै गम खाए। मनमनै लागेको थियो। एसेप्ट गरिदिएको भए पनि हुने। कमसेकम कलेजमा केटाहरूका अगाडि गफ दिन पाउँथे। जे होस् उसले गरिनँ। जो जसलाई उसले एसेप्ट गरी उनीहरूको फोटो रंगीन थियो। खानदानीझैँ लाग्थे। तर, ती खान्दानी केटाहरूले म्यासेजमा थ्यान्क यु भनेर पठाइहाले। मानौँ उनीहरू प्यासी थिए, कुवा भेट्टाए।

    तर, उक्त केटीले ती सबैको म्यासेजलाई डिलेट गरिदिई। मनमा मेरो पनि लोभ बढ्यो। एकचोटि म पनि पठाऊँ कि क्या हो फ्रेन्ड रिक्वेस्ट? अपरिचित केटीको नजरमा आफूलाई मूल्यांकन गर्न मन लाग्यो। आफू त्यति राम्रो नभएकोले उसले एसेप्ट गर्ने कुरा पत्यार लागेको थिएन। हिम्मत गर्ने मान्छेको हार हुँदैन। बुझेको थिएँ।। राम्रो नभए पनि मैले प्रेमीका भेट्टाएको थिएँ। त्यसको आफ्नै कहानी छ। एउटा कार्यक्रममा युवा र प्रेमबारे डिस्कोर्स थियो। जहाँ मैले भाग लिने अवसर पाएको थिएँ। त्यसमा अहिलेको युवा र प्रेमलाई हेर्ने तरिकाबारे मैले आफूले जानेजति बोलेको थिएँ। त्यही बीचमा ऊ रहिछ। उसले पछि भनी मलाई। 'अचेल युवापुस्ताले प्रेमलाई खेलौना बनाएका छन् यस्तै अभिव्यक्ति उसलाई मनपरेछ। विचार मिलेपछि मन मिल्न समय लागेन। उसले मलाई कहिल्यै राम्रो भनिनँ। नत मैले नै कहिल्यै सोधेँ म कस्तो छु भनेर उसलाई। त्यही भनाइका कारण आज म सहरमा एक्लो छैन। आफ्नो मूल्यांकन गर्ने रहर मनमा उर्लेर आयो। जसरी आउँछ साउनमा खहरे। 

    उसले मेरो फ्रेन्ड रिक्वेस्टलाई के गर्दिरहेछ भनी कुरेर बसेँ। उसले मोबाइलमा नयाँ फ्रेन्ड रिक्वेस्ट आएको थाहा पाइहाली। मेरो प्रोफाइल चेक गरी। फोटो राम्रोसँग पनि हेरिन। त्यति नराम्रो रैछु। छ्या!  उसको आँखामा एकछिन पनि सजिन लायक रैनछु भनेर लाजले भुतुक्कै भएँ म।

    एक मनले नगर-नगर भन्दा पनि मैले  फ्रेन्ड रिक्वेस्ट पठाइदिएँ। उसले मेरो फ्रेन्ड रिक्वेस्टलाई के गर्दिरहेछ भनी कुरेर बसेँ। उसले मोबाइलमा नयाँ फ्रेन्ड रिक्वेस्ट आएको थाहा पाइहाली। मेरो प्रोफाइल चेक गरी। फोटो राम्रोसँग पनि हेरिन। त्यति नराम्रो रैछु। छ्या!  उसको आँखामा एकछिन पनि सजिन लायक रैनछु भनेर लाजले भुतुक्कै भएँ म। उसले मेरो वालस्क्रोल गरी। मेरो वालमा फोटाभन्दा धेरै स्टाटस थिए। जीवनका, समाजका, राजनीतिक घटना क्रमका। प्रेमबारे पनि मैले स्टाटस ठोक्ने गरेको थिएँ। तर, एकदिन प्रेमिकाले प्रेमबारे स्टाटस नलेख्न उर्दी जारी गरी। मैले किन भनेर सोधेको थिए, उसले भनेकी थिई, 'स्टाटसमा आउने कतिपय अभिव्‍यक्तिहरू हाम्रा निजी भोगाइ लाग्छन्। कतिपय स्टाटसको आशय हाम्रो भोगाइसँग मेल खाँदैनन्। तपाईंको जीवनमा कोही आयो कि शंका लाग्छ। मलाई शंका गर्न रहर छैन।'

    तर, अन्य विषयमा स्टाटस लेख्दा उसलाई कुनै आपत्ति थिएन। जसले जिन्दगी सुम्पन तयार छ। उसका लागि यति गर्न मलाई  पनि  के आपत्ति। मेरा स्टाटसहरू पढी उसले। मुसुमुसु हाँसी पनि। पुन: फोटो ग्यालेरीसम्म पुगी ऊ। फोटाहरू एक/एक गर्दै हेरी। पेसा नै क्यामरासँग नजिक भएको हुनाले मैले पनि क्यामराको पूर्ण सदुपयोग गरेको थिएँ। लास्टमा उसले मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरी। हैट्! परीक्षा दिएर रिजल्ट कुरेभन्दा कम थिएन यो समय। आफ्नो मूल्यांकन गर्न आफूले गरेको पागलपना देखेर आफैँप्रति हासो उठ्यो मलाई। गाडी चक्रपथ आएछ। म सिटबाट उठेँ। उसलाई थ्यान्क यु भनेँ। उसले किन नि भनेर प्रश्न गरी। 'फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेकोमा' मैले भनेँ। उसले एक मुस्कान दिई। बाहिर उज्यालो थियो। पूर्वमा पूर्णकदको जुन उदाएको रहेछ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]