समाज

रामेछापमा ट्रयाक्टर दुर्घटना, ६ जना घाइते, दुईको अवस्था गम्भीर
SHARES

चैत १४, २०७५

    रामेछाप :  जिल्लाको मन्थली नगरपालिकाको सिक्रालमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। बुधबार साँझ भएको दुर्घटनामा घाइते भएका मध्य दुई जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल आश्रित गुल्म रामेछापले जनाएको छ। 

    दुर्घटनामा परी घाइते हुनेहरूमा पुरानागाउँका एकराज गिरी, उनका छोरा विवेक गिरी, सुनिल गिरी, रमिला गिरी, विजय गिरी र टयाक्टर चालक ओखलढुङ्गा खिजीफलाटेका गेल्जे शेर्पा रहेका छन्।  सशस्त्र प्रहरीका अनुसार घाइतेहरूमध्ये एकराज गिरी र विजय गिरीको अवस्था गम्भीर छ। रामेछापको सदरमुकाम मन्थलीबाट रड र सिमेन्ट लिएर पुरानागाउँ जाँदै गरेको ना ५ त ५७९४ नम्बरको ट्क्याटर मन्थली नगरपालिकाको सिक्रालमा दुर्घटना भएको हो। 

    गम्भीर घाइते भएका दुवै जनालाई उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको उपचार मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]