समाज

प्रदेश २ मा वैशाख २ मा पनि सार्वजनिक बिदा
SHARES

चैत ३०, २०७५

    जनकपुरधाम : प्रदेश २ सरकारले  साेमबार पनि जुड्शितल र सतुवाइन पर्वको सार्वजनिक विदा घोषणा गरेको छ। मिथिलाञ्चल क्षेत्रमा परम्परागत रुपमा मनाइँदै आइएको जुडशितल र सतुवाइन पर्वको सार्वजनिक बिदा घोषणा गरेको हो।

    होली पर्वमा रंग अविरले खेलिए जस्तै जुडशितल पर्वमा हिलो र पानीले खेलिने गरिन्छ।  नयाँ वर्ष २०७६ को स्वागतमा वैशाख १ मा सतुवाई र २ गते हुने जुड्शितललाई मध्यनजर गर्दै प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री राज्यमन्त्री सरोज सिंह कुशवाहाले जानकारी दिए।

    मिथिलाञ्चल क्षेत्रका विभिन्न कार्यक्रमको आयोजना गरी एक आपसमा हिलो र पानी छ्यापेर यो पर्व मनाने गरिन्छ। यस्तै संघीय सरकारले नयाँ वर्ष वैशाख १ गते अर्थात भोलि आइतबार देशभरि सार्वजनिक विदा घोषणा गरिसकेको छ। यसरी प्रदेश २ मा भोलि आइतबार र पर्सि सोमबार सार्वजनिक विदा रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]