राजनीति

विरोध प्रदर्शनमा उत्रिएका राप्रपाका कार्यकर्ता पक्राउ
SHARES

बैशाख ६, २०७६

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकारसमक्ष प्रस्तुत हिन्दुराष्ट्र पुनर्स्थापनालगायत २२ बुँदे माग पूरा गराउन जारी जनसंघर्ष कार्यक्रमअन्तर्गत जनप्रदर्शन गरिरहेको छ। राप्रपाले देशभरका जिल्ला सदरमुकामसहित काठमाठौंको रन्तपार्कस्थित शान्तिवाटिमा विरोध प्रदर्शन गरेको हो।

    राप्रपाले विरोध कार्यक्रममा धर्म निरपेक्ष अंकित ब्यानर र प्लेकार्ड जलाउने कार्यमक्रम तय गरेको थियो। यसैक्रममा राजधानीको शान्तिबाटिकामा गरिएको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै कार्यकर्तालाई पक्राउ गरेको छ। पार्टीका अध्यक्ष कमल थापालगायतका नेता तथा कार्यकर्ताहरू विरोध कार्यक्रममा उपस्थित थिए।

    यसैबीच, जुम्लाबाट पनि राप्रपाका १२ नेता प्रहरीले नियन्त्रणमा  लिएको छ। धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपाका १२ जना नेतालाई प्रहरीले नियन्त्रणमा लिइएको बताएको हो।  

    प्रहरीका अनुसार राप्रपा केन्द्रीय सदस्य धनबहादुर थापा, जिल्ला कार्य समिति जुम्लाका सचिव श्रीकृष्ण बुढा र जुम्लाका प्रवक्ता अंगद प्रसाद देवकोटा लगायतका नेता कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो। सदरमुकाम खलंगाको बालमन्दिर नजिकै धर्म्निरपेक्षता लेखिएका ब्यानर, पम्पलेट जलाउँदै गरेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी सिताराम रिजालले १२ जनालाई नियन्त्रणमा राखेको बताए । उनले केन्द्रबाट आउने आदेशको पखाईमा रहेको बताए । उनले भने, ’केन्द्रबाट जस्तो परिपत्र आउँछ। त्यस्तै, तरिकाले अघि बढ्छौं।’

    राप्रपा नेपाल जिल्ला कार्य समिति जुम्लाले स्वतन्त्रपूर्वक गरिएको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै गम्भीर ध्यानाकर्षण गरेको छ। प्रहरीले नियन्त्रणमा लिएका नेता कार्यकर्तालाई तत्काल रिहाईको माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]