राजनीति

अंग्रेज सेनालाई पराजित गरेको खुसियालीमा विजय उत्सव मनाइँदै
SHARES

बैशाख ६, २०७६

    बुटवल : दुई सय चार वर्षअघि विसं. १८७१/७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको खुसियालीमा बुटवल उपमहानगरपालिकाले विजय उत्सव मनाउँदै छ।

    विजय हासिल गरेको हालको बुटवल–१ स्थित जितगढी किल्ला परिसरमा भोलि शनिबार विजय उत्सव दिवस मनाउन लागिएको हो। उपमहानगरपालिकाको गत वर्षको कार्यपालिका बैठकले विजय उत्सव दिवस मनाउने निर्णय गरेको थियो।

    दोस्रो विजयोत्सवका दिन जितगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

    कर्णेल उजिरसिंहको उक्त शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। बिजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल, कांग्रेस महामन्त्री सशांक कोइराला, कांग्रेस सचेतक बालकृष्ण खाँडलगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको प्रमुख सुवेदीले जानकारी दिए।

    विजयोत्सवलाई भब्य बनाउन जीतगढीमा बिशेष तयारी गरीएको र त्यसमा नेपाली सेनासहितका सुरक्षाकर्मीले सहकार्य गरिरहेको पनि उनले बताए।

    दिवसका अवसरमा तत्कालिन युद्धको प्रर्हशन गर्ने तयारीसमेत भइरहेको छ। त्यसका लागि विशेष मञ्च, प्रहसन स्थल निर्माण, स्वागतद्वार निर्माण सरसफाईलगायतका काम भइरहेका छन। सम्पदा स्थलको सुरक्षा र दिवस तयारीमा नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु,प्राविधिक हरु र सुरक्षाकर्मीले दिवसको तयारी र सुरक्षाका काम गरिरहेका छन्।

    बुटवल उपमहानगरपालिकाले ऐतिहासिक दिनको उत्सवलाई ऐतिहासिक बनाई जीतगढीलाई राष्टिय अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसार गर्ने कार्यको सुरुवाद गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए। शर्माले यस पटकको उत्सव पश्चात गुरुयोजना बनाई जीतगढीको संरक्षण, प्रबद्र्धन र बिकास गरिने बताए।

    वैशाख ७ गते बिहान ८ बजे नै उपमहानगरपालिकाबाट विजय र्‍याली निकाल्ने र बिहान १० बजे नै किल्ला परिसरमा पुग्नेगरी समय तालिका तय भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।

    पर्यटन मन्त्रीद्वारा जितगढीको निरीक्षण

    यसैबीच प्रदेश सरकारले जितगढी सम्पदा स्थलमा भइरहेको विजय उत्सव दिवस तयारीका बारेमा जानकारी लिएको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, प्रदेशसभाको संसदीय समितिका सभापति दधिराम न्यौपाने, पूर्व सांसद नेत्र पन्थीलगायतले अवलोकन र निरिक्षण गरेका थिए। यस्तै नगर प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शर्मा, नेकपाका युवा नेता देवराज पोखरेल, मदन भण्डारी स्पोर्टस् एकेडेमीका नेता शंकर पाण्डेलगायतले जितगढी सम्पदा स्थल तयारीका बारेमा निरीक्षण गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]