समाज

आगलागीबाट १० लाखको क्षति
SHARES

बैशाख ६, २०७६

    संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–४ मा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ।

    शुक्रबार दिउँसो ३ बजे आगलागी हुदाँ गणेश कुमार तामाङको घर जलेर नष्ट भएको वडा अध्यक्ष काजी तामाङले जानकारी दिए। आगो विद्युत् सर्ट भएर लागेको हुन सक्ने वडा अध्यक्ष तामाङले बताए। आगो बाट तामाङको घर र गोठ जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको उनले बताए।

    घरमा कोही नभएको अवस्थामा आगो लागेको कारणले घरमा भएका खाद्यान्य,लत्ताकपडा जलेर नष्ट भएको छ। आगोले एक हल गोरु र खसीसमेत जलेको तामाङले बताए। मानवयीय क्षति भने  नभएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]