समाज

वडा अध्यक्ष र कर्मचारीसहित ९ जनाको नाममा पक्राउ पुर्जी
SHARES

बैशाख १७, २०७६

    भद्रपुर,(झापा) : जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वडा अध्यक्षसहित दुई जना जनप्रतिनिधि, दुई जना कर्मचारी र पाँच जना स्थानीयको नाममा पक्राउ पुर्जी जारी गरेको हो।अदालतले प्रहरीलाई पठाएको पक्राउ पुर्जीमा कचनकवल २ का वडा अध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, वडा कार्यालयका वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कचनकवल २ बस्ने कविता गुरुङ, सोही ठाउँका गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहालको नाम उल्लेख भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

    अदालतले पठाएको नामसहितको पक्राउ पुर्जी कागजात मंगलबार बेलुका इलाका प्रहरी कार्यालय बनियानीलाई पठाइसकेको उनले बताए। ‘पक्राउ पुर्जी हातमा परिसकेको छ’, इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक उदयशमशेर राणाले भने, ‘नाम अनुसारको मान्छे पक्राउ गर्न प्रहरी खटाइसकेका छौं।अहिलेसम्म कोही पक्राउ परेको छैन।’ 

    नातामा छोरा भन्दै भारतीय नागरिकलाई बंशजको आधारमा नेपाली नागरिकता बनाइ दिन कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङसहित भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाटै बैशाख १० गते प्रहरीले पक्राउ गरेको हो।

    भुपालको स्थायी ठेगाना आसाम राज्यको मणिपुर कानकोपी जिल्ला भएको भारतीय मतदात परिचयपत्र देखाएपछि प्रशासन कार्यालयको आदेशमा प्रहरीले दुवै जनालाई कागजातसहित पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]