छापा

सरकारी कर्मचारीको तलब मासिक ६ हजार

प्रतीकात्मक स्केच
बैशाख ३१, २०७६

    नुवाकोट : जिल्लाका हुलाकका अधिकांश कर्मचारी न्यूनतम तलबमा काम गर्न बाध्यछन्। अतिरिक्त समूहका १८१ र करार सेवाका २८ कर्मचारीले न्यून तलबमा काम गर्दै आएका हुन्।

    विदुरस्थित हुलाक कार्यालयमा अतिरिक्त समूहका १८१ जनालाई ६ हजार ६२ देखि ६ हजार नौ सय २५ र करार सेवामा  रहेका २८ कर्मचारीले मासिक आठ हजार रुपैयाँमा काम गरिरहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

    हुलाक प्रमुख नारायणप्रसाद चापागाईँका अनुसार अतिरिक्त र करार सेवाका कर्मचारीले रोजगारीको सुनिश्चितता नभएको र उचित पारिश्रमिक नभएको र उचित पारिश्रमिक नपाएको गुनासो गरेका छन्। जिल्ला हुलाकसहित मातहतका १३ स्थानमा इलाका र ५० स्थानमा अतिरिक्त हुलाक कार्यालय छन्।

    ती कार्यालयमा ७२ कर्मचारीले ६ हजार ६२ र ४९ जनाले ६ हजार नौ सय २५ रुपैयाँ पारिश्रमिक पाउने गरेका छन्। तलब वृद्धि र स्थायी हुने प्रक्रिया मिलाउन उनीहरूले माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]