राजनीति

राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन राष्ट्रियसभामा पेश
SHARES

जेठ ५, २०७६

    काठमाडौं : संघीय संसद राष्ट्रियसभाको 'राष्ट्रिय सरोकार तथा समन्वय समिति' ले तयार पारेको 'तहगत राज्य संरचनाको विकासमा समन्वय' विषयक अन्तरक्रिया कार्यक्रमका सम्बन्धमा तयार पारिएको प्रतिवेदन राष्ट्रियसभामा पेश भएको छ।

    राष्ट्रियसभाको आइतबारको बैठकमा समिति सभापति दिलकुमारी रावल (पार्वती)ले समितिसमक्ष पेश गरेकी हुन।

    समितिले २०७५ माघ २४ देखि २०१६ बैशाख १२ गतेसम्म सातवटै प्रदेशमा सघं, प्रदेश र स्थानीय तहबीच विभिन्न विषयमा बहस तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो।

    तीनवटै सरकारका बीचमा आवश्यक समन्वय हुन नसकेको भन्ने स्थानीय र प्रदेश सरकारका प्रतिनिधिले गुनासो गरेपछि समितिले उक्त कार्यक्रम संचालन गरेको समिति सभापति रावलले बताइन्। प्रतिवेदन राष्ट्रियसभा बैठकमा पेश गर्दै सभापति रावलले तीनवटै सरकारबीचको समन्वय, कानुन निर्माण, स्रोत संकलन र बाँडफाँट, आयोजनाहरूको कार्यान्वयन तथा तीनवटै सरकारका गुनासा सम्बोधन गर्नका लागि प्रतिवेदनले संघीय सरकारलाई सुझाव दिएको बताइन।

    सभापति रावलले तीनवटै तहका सरकारबीचमा प्रतिनिधिमूलक रूपमा विभिन्न विषयमा छलफल चलाएर निष्कर्ष निकालिएको बताइन्। तहगत सरकारका बीच निरन्तर संवाद र सहकार्य हुन कठिनाइ भइरहेको बेलामा राष्ट्रिय सरोकार तथा समन्वय समितिले तीनवटै तहका सरकारबाकीचमा छलफल गराएर ल्याएको प्रतिवेदनले समन्वय र सहकार्यमा महत्वपूर्ण योगदान दिने बताइन।

    उक्त प्रतिवेदन राष्ट्रिय सरोकार तथा समन्वय समितिबाट बैशाख २६ गते पारित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]