समाज

बझाङमा आगलागीबाट दुई घर जलेर नष्ट
SHARES

जेठ ६, २०७६

    बझाङ : बझाङको जयपृथ्वी नगरपालिका ९ स्थित देबल गाउँमा साेमबार दिउँसो आगलागी हुँदा दुई घर जलेर पूर्ण रुपमा नष्ट भएका छन। कर्कट पाताले छाएका स्थानीय सिद्धराज जोसी र हरिप्रशाद जोसीको घरमा भएको आगलागीबाट घरमा रहेको ५० लाख बराबरको धनमाल पुर्ण रुपमा क्षति भएको प्रहरीेले जनाएको छ।

    भान्साकोठामा रहेको चुलोमा गाईको लागी खोले पकाउदै छोडेर घरमालिक काममा हिडेपछि आगो सल्किएको जानकारी प्राप्त भएको छ। आगलागीबाट खाद्यान्न,लुगाकपडा, भाँडाकुडा लगाएतका मालसामानहरू पूर्ण रुपमा जलेर नष्ट भएका छन्।

    आगलागी भएको थाहा पाएपछि देवल विमानस्थल सुरक्षा गार्डबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले आगो नियन्त्रणमा लिए पनि मालसामान भने बचाउन नसकिएको स्थानीयबासीले जनाएका छन्। आगलागीबाट घर तथा धनमाल पुर्ण रुपमा जलेर नष्ट भएपछि अग्नि पीडित परिवार बिचल्लीमा परेका छन भने उनीहरू नजिकैको मन्दिर परिषरमा कृपालमुनि बस्न बाध्य भएका छन्। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]