समाज

नेपाल रेडक्रसको तदर्थ समितिले थाल्यो आफ्नो काम
SHARES

जेठ १३, २०७६

    काठमाडौं : नेपाल रेडक्रस सोसाइटीको भंग बनेको रेडक्रसको नयाँ कार्यसमितिले आफ्नो काम सुरु गरेको छ।

    डा विश्व केशर मास्केको अध्यक्षतामा गठित नेपाल रेडक्रस सोसाइटीको तदर्थ केन्द्रीय कार्यसमितिले रेडक्रस कानुन निर्माणलाई उच्च प्राथमिकता दिँदै काम अगाडि बढाएको नेपाल रेडक्रसले सोसाइटीले जनाएको छ।

    गठनको एक हप्ताभित्रै कार्यसमितिको पहिलो बैठक हिजो आइतबार  बसी आगामी ३ महिनाभित्र रेडक्रस कानुनको मस्यौदा तयार गर्न नागरिक समाजका अगुवा डा गौरीशंकर लालदासको नेतृत्वमा ९ सदस्यीय समिति बनाउने निर्णय गरेको हो। समितिमा अरुण खनाल, लोकराज ढकाल, अशोक श्रेष्ठ, कृष्णहरि वाग्ले, कृष्णगोपाल लागेजू, जीवन राना, तीर्थराज वन्त र विष्णुहरि देवकोटा रहेका छन्।

    ‘नेपाल सरकार र सवै पक्षको विश्वास जिती नेपाल सरकारको तर्फबाट प्राप्त कार्य विवरणअनुसारका काम नै हाम्रा प्राथमिकता हुन्।‘ महामन्त्री कमल प्रसाद निरौलाले भने। यस्तै, तदर्थ समितिको पहिलो बैठकले विघठित पुरानो कार्यसमितिको समयमा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट २०७६ वैशाख २४ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनसमेत फिर्ता लिएको छ।

    कल्याणकारी मानवीय तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा अग्रस्थानमा रही कामगर्नुपर्ने संस्थाको महाधिवेशन र निर्वाचन समयमा हुन नसकेको परिस्थितिमा संस्थाको छवि धुमिल हुन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ तदर्थ समिति गठन गरेसँगै सर्वोच्च अदालतमा मुद्‍दा फिर्ता गर्न महामन्त्रीलाई अख्तियार दिने निर्णय पश्चात रेडक्रसले रिट निवेदन फिर्ता लिएको बताइएको छ।

    सरकारले नेपाल रेडक्रसको पुरानो समिति विघटन गरी गत जेठ ६ गते १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो। सरकारले नेपाल रेडक्रसको विधान, प्रचलितत कानुन र संस्थाको मर्यादाभित्र रही एक वर्षभित्र ८ वटा जिम्मेवारी दिएको थियो। जसअनुसार कार्यविवरणमा नवीकरण भएका सदस्यहरूको छानविन तथा सदस्यता नविकरण, नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति लगायत विभिन्न तहको निर्वाचन, नेपाल रेडक्रसको सञ्चालन सम्बन्धी कानुनको मस्यौदाको ३ महिनाभित्र तयारी, दैनिक कार्यसञ्चालन र नेपाल सरकार लगायत दातृ निकायहरुसँगको सम्बन्ध सुमधुर बनाउने कुराहरु उल्लेख भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए।

    नयाँ तदर्थ कार्यसमितिको उपाध्यक्षमा बर्दियाका कृष्ण गौतम, महामन्त्रीमा झापाका कमलप्रसाद निरौला र कोषाध्यक्षमा धादिङका सीताराम कोइराला छन्। यसैगरी, सदस्यहरूमा जाजरकोटका वीरबहादुर बस्नेत, झापाका लोकराज ढकाल, सिन्धुलीका अशोक श्रेष्ठ, पर्साका श्याम पोख्रेल, महोत्तरीका दीपक मिश्र, बाँकेका गोवद्र्धन सम्झना, उदयपुरका महेश्वरी राई, दैलेखका खेमराज केसी, तेहथुमका श्रीकृष्ण दाहाल, कास्कीका दीपेन्द्र ढकाल, तनहुँका अरूण खनाल,  चितवनका तीर्थराज घिमिरे र कैलालीका जीवन राना रहेका छन्।

सविना खनाल

सविना खनाल थाहाखबरकी संवाददाता हुन्। उनी स्वास्थ्य र सामाजिक विषयका समाचार लेख्छिन्। ईमेल : sabinakhanal32@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]