स्वास्थ्य

चिकित्सकलाई 'सिपिडी ट्रेनिङ' अनिवार्य, आनाकानी गरे लाइसेन्स नवीकरण नहुने
SHARES

जेठ १७, २०७६

    काठमाडौं :  पछिल्लो समय चिकित्सकहरूले गर्ने व्यावहार र उपचारमा  बिरामीका आफन्तले शंका गर्ने घटना बढ्दै गएपछि नेपाल मेडिकल काउन्सिलले निरन्तर पेसागत उन्नयन (सिपिडि)कार्यक्रम सञ्‍चालनमा ल्याउने जनाएको छ।

    चिकित्सा पेसालाई थप गुणस्तरीय बनाउन तथा सबै चिकित्सकको ज्ञान र सीपलाई अझै गुणस्तर गराउनका लागि सिपिडी कार्यक्रम सञ्चालन गर्न लागिएको काउन्सिका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटाले जनाए।

    उनले भने, ‘पछिल्लो चिकित्सक र बिरामीका केही असमझदारीहरु देखिने घटना बढ्दै गएको छ। जसले गर्दा  चिकित्सकले बिरामीसँग कस्तो व्यवहार तथा संवाद गर्नेलगायत कुराहरुलाई फोकसमा राखी कार्यक्रम सञ्चालन गरिएको हो।'

    सिपिडी कार्यक्रमअन्तर्गत कुनै लिखित तथा प्रयोगात्मक परीक्षा भने काउन्सिलले लिनेछैन। काउन्सिलले यो कार्यक्रम चिकित्सकहरूको ज्ञान र सिपलाई निरन्तर परिष्कृत गर्दै लैजाने पेसागत उन्नयन भएको दाबी गरेको छ।

    काउन्सिलले बिरामीसँग गर्ने सञ्‍चार संवाद,  चिकित्सकीय पेसागत नैतिकता  तथा इमर्जेन्सी उपचारसम्बन्धी विभिन्न विधामा तालिम लिनका लागि अनिवार्य तोकेको छ।

    जसमा काउन्सिले  देशभरका  २५ देखि ३० वटा गुप्र बनाएर सिपिडी ट्रेनिङ सञ्‍चालनमा लगिने अध्यक्ष प्राडा बाँस्कोटाले बताए। कार्यक्रममा पाँच वर्षभित्रमा जम्मा एक सय अंक सिपिडी कार्यक्रमबाट प्राप्त गर्नुपर्नेछ। जसअन्तर्गत ३० अंक अनिवार्य भनी तोकिएको विषयबाट ल्याउनुपर्छ भने बाँकी आफ्नो व्यावसायिक रुचिको क्षेत्रबाट प्राप्त गर्न सकिनेछ। 

     सिपिडी ट्रेनिङ नलिने चिकित्सको  लाइसेन्स नवीकरण नहुने

     चिकित्सकहरूमा चिकित्सकीय ज्ञान धेरै भए पनि बिरामीसँग गर्ने सामाजिक व्यवहार तथा संवादले पछिल्लो समय चिकित्सकमाथि हातपात हुने तथा बिरामी पक्ष र चिकित्सकबीच दूरी बढ्दै गएको पाइएकोले चिकित्सकहरूलाई  सिपिडी तालिम अनिवार्य गरिएको समेत काउन्सिलका अध्यक्ष प्राडा बाँस्कोटाको भनाइ छ।

    यदि कुनै चिकित्सकहरूले पाँच वर्षसम्म काउन्सिलले तोकेको मापदण्डअनुसार सिपिडी ट्रेनिङ नलिएको पाइए चिकित्सक लाइसेन्स नवीकरण नहुनेसमेत अध्यक्ष प्राडा बाँस्कोटाले बताए।

    काउन्सिलले यस कार्यक्रमलाई राजधानीमा मात्र केन्द्रित नगरी केन्द्र प्रदेश र स्थानीय तहसम्म सहज तरिकाले उपलब्ध हुने व्यवस्था गर्ने जनाएको छ। यस कार्यक्रममा सहभागी हुने चिकित्सक र सेवाप्रदायक संघ संस्थालाई सजिलो होस् भनेर काउन्सिलले कार्यक्रमको तथ्यांक दुरुस्त राख्न विशेष सिपिडी सफ्टवेयर विकास गरी छुट्टै सीपिडि वेबसाइटको व्यवस्था गर्ने काउन्सिलले जनाएको छ।

    यस व्यवस्थाले चिकित्सकले आफ्नो सिपिडी अंकबारे र देशभर सञ्चालन भइरहेको कार्यक्रमबारे जानकारी लिनसक्ने काउसिन्लका अध्यक्ष बाँस्कोटाले जानकारी दिए। दक्षिण एसियामा सिपिडि कार्यक्रम अनिवार्य गरी औपचारिकरूपमा लागू गर्ने दोस्रो मुलुकमा नेपाल रहेको पनि उनले जानकारी दिए। प्रथममा भने भुटान रहेको  छ।

    ट्रेनिङ भने नि:शुल्क हुने काउन्सिले जनाएको छ। जसका लागि स्वास्थ्य मन्त्रालयले एक करोड बजेट विनियोजित गरेको समेत काउन्सिलले जनाएको छ। काउन्सिलको तथ्यांकअनुसार नेपालभर हाल २३ हजार चिकित्सक रहेकोमा १५ हजार चिकित्सक मेडिकल प्राटिक्स गर्दै आएका छन्।

सविना खनाल

सविना खनाल थाहाखबरकी संवाददाता हुन्। उनी स्वास्थ्य र सामाजिक विषयका समाचार लेख्छिन्। ईमेल : sabinakhanal32@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]