अर्थ

होटल व्यवसायीको माग: 'रात्रिकालीन सेवा दिन देऊ'
SHARES

जेठ २५, २०७६

    रुपन्देही : होटल तथा रेष्टुरेन्ट व्यवसायीले बुटवलमा रात्रिकालीन सेवा दिन पाउनुपर्ने माग गरेका छन्। उनीहरुले राति १० बजे नै व्यवसाय बन्द गर्दा ठूलो घाटा बेहोर्नुपरेको गुनासो गरे।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित १९औँ वार्षिक साधारणसभामा व्यवसायीले शान्ति सुरक्षाको नाममा रात्रिकालीन सेवा रोक्न नहुने बताए। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर विकास निर्माणको काम अगाडि बढाएको बताए। उनले बुटवलका ऐतिहासिक सम्पदाको पहिचान गरी गुरुयोजना बनाएर नगरपालिकाले काम थालेको बताए।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले रुपन्देही अन्तर्राष्ट्रियस्तरमा परिचित हुँदै गएकाले अब होटलले स्तरवृद्धि गर्नुपर्ने धारणा राखे। होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघ प्रदेश नं ५ का अध्यक्ष भास्कर काफ्लेले जनताको चाहनाअनुसार सेवा दिन सक्ने गरी व्यवसायलाई व्यवस्थापन गर्नुपर्ने बताए। होटल व्यवसायी महासंघ प्रदेश नं ५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले यस क्षेत्रमा स्तरीय होटल सञ्चालन हुने क्रम बढेकाले राज्यले होटल व्यवसायलाई लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राखे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]