स्वास्थ्य

हुम्लामा पनि औलो रोग देखियो, महाशाखाद्बारा रोकथाको प्रयास
SHARES

जेठ २५, २०७६

    हुम्ला : तराइका जिल्लामा देखापर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा देखिएको छ। गएका वर्षमा  हिमाली जिल्ला मुगु बाजुर र हुम्लामा औलो रोग देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार  एक सता हुम्लाका दक्षिण ताँजकोट, अदनचुली, सर्केगाढ लगायतका गाउँपालिकामा  १५ जनामा औलो रोग देखापरेको जनाएको छ।महाशाखाबाट हुम्ला जिल्लामा खटिनु भएका चिकित्सक अरुणप्रसाद चौधरीले गर्मीको समयमा तराइका अधिकांश जिल्लामा देखापर्ने औलो पछिल्लो समय हिमाली जिल्ला हुम्लाका कर्णाली नदी छेउछाउका बस्तीमा देखापरेको बताए।

    हिमाली जिल्लाहरुमा  तापक्रम बढेपछि हिमाली जिल्ला मुगु, बाजुरा  र हुम्लामा औलो रोगका विरामीका लक्षण देखा परेको बताएका छन। हुम्लाका केही गाउँमा औलोका बिरामी देखिएपछि महाशाखाले यस क्षेत्रका र्गर्भवती महिलालाई  निःशुल्क झुल र औषधि समेत  वितरण गरिएको महाशाखाका चौधरीले बताए। औलो रोग नेपाल सरकारले सन २०२५ साल सम्म औलो रोग निवारण गर्ने अभियान संचालन गरेता पनि हिमाली जिल्लामा यो रोगका विरामी देखा परेका छन।

    नेपालका हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनिएता पनि हुम्ला, बाजुरा र मुगुमा यो रोग देखा परेको महाशाखाले खुलासा गरेको छ। त्यसैगरी महाशाखाले औलोलाई दुईभागमा विभाजन गरेको छ। एक आयातित औलो जुन छिमेकी जिल्लाहरूबाट फर्किदा मानिसहरूमा देखा परेको छ भने अर्को  स्थानीयस्तरमा नै देखा पर्ने गरेको महाशाखाले जानकारी गराएको छ।

    हुम्लामा देखापरेको औलौ स्थानीयस्तरको रोग रहेको बताएका छन। जिल्लामा  देखापरेको औलो सामान्य असर गर्ने खाले भएकाले अहिलेसम्म ठूलो असर नपरेकाे जिल्ला जनस्वाथ्य कार्यलयका प्रमुख तुल्सी अधिकारीले बताए। यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाइका कारण हुने चिकित्सकहरू बताउँछन्। 

    संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा लामखुट्टेले आफ्नो र्‍यालसँगै व्यक्तिको रगतमा औलो परजीवीलाई पुर्‍याइदिन्छ। हुम्लामा गएको वर्षदेखि  औलो रोगका विरामीको संख्या बढ्दै गएपछि  जिल्ला अस्पताल हुम्लालाई नियन्त्रणमा चुनौती देखिएको हो। हुम्लाको समुन्द्री सतहदेखि ४ हजारदेखि ५ हजार फिट उचाई  रहेको जिल्लामा पनि औलो रोग देखा पर्न थालेको छ।

    हुम्ला जस्तो चिसो ठाउँमा समेत यस वर्षदेखि ग्रामीण क्षेत्रमा रहेका स्वाथ्य चौकीमा औलो रोगी देखा परेका बताए। शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखएको छ। गाउँमा औलो रोग फैलिएकाले औषधि र स्वास्थ्यकर्मीको अभाव देखिएको छ। कसरी ज्यान जोगाउने भन्ने चिन्ता रहेको स्थानीयवासी ताँजकोट गाउँपालिका ५ का औलो बिरामी किशोर बुढाले बताए।  

    औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्विन र प्रिमाक्विन’नामक औषधिको अभाव हुन नदिन जिल्ला स्वास्थय कार्यालय हुम्लाले पहल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]