राजनीति

डडेल्धुरामा ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम सुरु
SHARES

घर नजिकै काम पाइएको भन्दै स्थानीय हर्षित

जेठ २८, २०७६

    डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम सुरु भएको छ।

    ‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भने नाराका साथ सञ्चालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको अजयमेरु गाउँपालिकाले पनि उद्घाटन गरेको छ।

    स्वरोजगार सेवा केन्द्र अजयमेरु, भद्रपुरले सोमबार गाउँपालिकाको वडा ६ राजुलमा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले विद्यालयको पर्खाल निमार्णका शिलन्यास गर्दै कार्यक्रम उद्घाटन भएको घोषणा गरेका हुन्।

    देवल मावि देवलको खेलमैदानको लागि निमार्ण गरिने पर्खालमा मेट्रयलबाहेक २ लाख बजेट रहेको गाउँपालिका प्राविधिक रतनबहादुर ऐरले जानकारी दिए।

    टोली नेता बनाएर गरिने काममा वडा नं. ६ मा बेरोजगारी निवेदन पेस गर्नेहरू करिब ६ सयमध्ये काम गर्ने २७ जना मात्र सहभागी भएका छन्। प्रत्येकले प्रतिदिनको पारिश्रमिक ५ सय १७ रुपैयाँ पाउने गाउँपालिका स्वरोजगार सेवा केन्द्र अजयमेरुका संयोजक मन्जु पैतोलाले बताइन्।

    चालु आर्थिक वर्षमा युवालाई उपलब्ध गराउने ३० दिने प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। उक्त कार्यक्रमका लागि गाउँपालिकामा २ हजार बढिले निवेदन दिएका छन्।

    गाउँपालिका अध्यक्ष भट्टले बेरोजगार युवाहरूलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेकाले यसलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरे। सरकारले युवालाई  रोजगारीका अवसर ल्याएको उल्लेख गर्दै उनले अब बाध्यताले काम खोज्दै कोही पनि युवा विदेश जानु नपर्ने, कोही पनि युवा भोकै मर्नु नपर्ने दाबी गरे।

    उनले काम राम्रो गर्नेलाई थप सेवा दिने र काम नगरी गफ मात्र गर्ने टोलीलाई बिलै रोकिनेसमेत जानकारी गराए। स्थानीयले घर नजिकै काम पाइएको भन्दै खुशी व्यक्त गरे।

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नदी सरसफाइ, सडक सरसफाइ, कुलो तथा सडक निर्माण, पाटिपौवा निर्माणलगायतका काममा युवाहरुलाई सहभागी गराइने उल्लेख छ। एक आर्थिक वर्षमा न्यूनतम ३ दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]