समाज

सुदूरपश्चिममा वर्षा : बाढी आउने, सचेत रहन विभागको आग्रह
SHARES

File Photo
जेठ २९, २०७६

    काठमाडौं : सुदूरपश्चिमका अधिकांश स्थानमा अहिले  पानी परिरहेको छ।

    पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    सुदूरपश्चिम क्षेत्रमा नयाँ मौसमी प्रणाली भित्रिएर हावा हुरी र मेघगर्जनसहित पानी पर्न सुरु गरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ। आज पूर्व र मध्यभेगमा पनि पानी पर्ने सम्भावना छ। मध्य र पूर्वका केही स्थानमा क्षणिक मौसम र भारी वर्षाको सम्भावना छ।

    यसले गर्दा स–साना खोला नाला र खहरेहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले भनेको छ। बंगालको खाडीको जलवाष्पयुक्त वायुका कारण मौसम बदली भएको हो। काठमाडौं उपत्यकामा पनि साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ।

    काठमाडौ उपत्यकाको न्युनतम तापक्रम बिहान १९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]