समाज

पोखरामा लागूऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो
SHARES

जेठ २९, २०७६

    पोखरा : पोखराको उत्तम चोकमा लागूऔषध बोकेका एक व्यक्तिमाथि कास्की प्रहरीले गोली चलाएको छ। नियन्त्रणमा लिन खोज्दा पोखरा-१० उत्तम चोककै ३० वर्षीय गोविन्द थापाले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ।

    प्रहरीले विस्तृत घटना विवरण दिएको छैन । गोली लागेर घाइते थापालाई उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पु‍र्‍याइएको स्रोतले जानकारी दिएको छ।

    विहान ११ बजे पोखरा १० उत्तम चोकाको आवर उत्तम क्याफेबाट थापालाई पक्राउ गर्ने क्रममा प्रसनि सन्तोष सुवेदी सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ।

    त्यस्तै ती व्यक्तिको साथबाट डाईजापाम ५०० थान नुर्फिन ५०० थान र फिनारगन ५०० थान गरि कुल १५०० थान प्रतिबन्धित लागूऔषध बरामद भएको प्रहरी स्रोतले बतायो।  त्यस्तै घटनास्थलबाट ग १३ प ८२२८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको  पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]