छापा

त्रिवि सेवा आयोग परीक्षा : केर्दै , अंक थप्दै
SHARES

जेठ ३०, २०७६

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको पाइएको छ। उच्च स्रोतका अनुसार प्रश्नपत्र बनाउनेदेखि नतिजा प्रकाशनसम्म उनीहरूले अस्वाभाविक चलखेल गरेका हुन्।

    कान्तिपुर दैनिकका अनुसार सेवा आयोगका पदाधिकारीहरूले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारीलाई संलग्न गराएनन्। त्रिवि सेवा आयोगमा लोकसेवा आयोका सदस्य पदेन सदस्य रहने व्यवस्था छ। हाल ब्रह्मदेव राय प्रतिनिधिका रूपमा छन्। उनलाई ‘बाईपास’ गरी परीक्षा सञ्चालन गरेको भेटिएको हो।

    उत्तरपुस्तिकामा तीनपटकसम्म केरमेट गरिएका छन्। ‘पहिले ३२ नम्बर दिएको विद्यार्थीको उत्तरपुस्तिकामा रि चेकिङका नाममा ४० नम्बर दिइएको छ’, स्रोतले भन्यो, १० वटाभन्दा बढी उत्तरपुस्तिकामा यस्तै समस्या छ। यसरी काटेर नम्बर बढाइएका उत्तरपुस्तिकावाला नै पछि उत्तीर्ण भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]