छापा

एक लाखले दिइसके लोकसेवामा आवेदन, परीक्षा हुने\नहुने अन्योल
SHARES

जेठ ३०, २०७६

    काठमाडौं : स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खोलेपछि बुधबारसम्म एक लाखले फारम भरेका छन् । तर, राज्यका सम्बन्धित निकायबीचको विवादका कारण परीक्षा हुने–नहुने नै अन्योल छ ।

    नयाँ पत्रिका दैनिकमा समाचार छ लोकसेवाले प्रकाशन गरेको विज्ञापन रद्द गर्न २७ जेठमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएसँगै अन्योल भएको हो । विज्ञापनलगत्तै प्रदेश २ सरकार र मधेसवादी दलले आपत्ति जनाए पनि राज्य व्यवस्था तथा सुशासन समितिमा २० जेठमा मात्रै पहिलोपटक छलफल भएको थियो । त्यससँगै पाँचपटक बैठक बसेर समितिले २७ जेठमा विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । विज्ञापन संविधान र कानुनविपरीत रहेको समितिको ठहर छ ।

    लोकसेवा आयोगका अनुसार बुधबारसम्म ९५ हजार आठ सय ३३ जनाले फारम भरिसकेका छन् । खुलातर्फ ९४ हजार ६ सय ९२, महिलातर्फ २३ हजार नौ सय ८२, जनजातितर्फ ११ हजार चार सय १७, मधेसीमा पाँच हजार दुई सय ८७, दलितमा ६ सय ८८, अपांगमा ४९ र पिछडिएका क्षेत्रमा २७ जनाको आवेदन परेको प्रवक्ता किरणराज शर्माले बताए । 

    अहिलेको विज्ञापन रद्द भए स्थानीय तहले कर्मचारी पाउन दुई वर्ष लाग्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले प्रदेश लोकसेवा गठन, पाठ्यक्रम तयारलगायत प्रक्रिया पूरा गर्न कम्तीमा दुई वर्ष लाग्ने बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]