राजनीति

ढुक्क भएर लगानी गर्न फ्रान्सका उद्याेगीलाई प्रधानमन्त्री ओलीको आग्रह
SHARES

जेठ ३०, २०७६

    काठमाडौं : युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग भेटवार्ता गर्दछन्।  

    प्रधानमन्त्री ओली बुधबार लण्डनबाट भूमिगत रेलमार्गमार्फत् फ्रान्सको राजधानी पेरिस पुगेका हुन्। पेरिसमा बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए।

    राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएकाले लगानीमा जोखिम नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

    स्वीट्जरल्याण्ड बेलयत हुँदै फ्रान्स पुगेका प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]