समाज

पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव
SHARES

जेठ ३०, २०७६

    काठमाडौं :  चावहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ। अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले जानकारी दिए। श्रेष्ठले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आरोप लगाएका छन्। 

    श्रेष्ठले दिएको जानकारीअनुसार पित्तथैलीको पत्थरीको अप्रेसन गर्न बिहीबार अस्पताल गएका उनीहरू शुक्रबार भर्ना भएर अप्रेसन भएको थियो। अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको हुनाले मलद्वारबाट निस्कनुपर्ने फोहोर शरीरभित्रै फैलिएर संक्रमण भई बिरामीको मृत्यु भएको उनको आरोप छ।

    तर, ओम अस्पतालका निर्देशक डा केपी देवकोटाले भने बिरामीकाे उपचारमा कुनै  लापरबाही नभएको र संक्रमणका कारण बिरामीको मृत्यु भएको बताएका छन्।

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]