समाज

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु
SHARES

प्रतिकात्मक तस्वीर
जेठ ३०, २०७६

    बझाङ : बझाङको जयपृथ्वी नगरपालिका-७ न. वडाका एक वडासदस्यको बिहीबार मोटरसाइकल दुर्घटनामा परी  मृत्यु भएको छ। से.१ब.११७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ७ न. वडा सदस्य नरबहादुर महर (नरेश) को मृत्यु भएको प्रहरीले जनाएको छ।

    बिहान घरनजिकैको सुवेडा छयाला शाखा सडक खण्डमा मोटरसाइकल चलाउँदा मोटरसाइकल अनियन्त्रित भई ५० मिटर तल खस्दा वडा सदस्य महरको टाउकोमा गम्भीर चोट लागेको थियो।

    दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका वडा सदस्य महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको मृतकका आफन्तहरूले जनाएका छन्।

    मृत्तक महरको शव उनको जन्मघर छयालामा लगिएको छ भोलि बिहान मात्र उनको दाहसंस्कार गरिने आफन्तजनले जानकारी दिएका छन्। मृत्तक वडा सदस्य महर एक कुशल जनप्रतिनिधको रूपमा परिचित थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]