स्वास्थ्य

दमकमा पनि देखियो डेंगु
SHARES

जेठ ३०, २०७६

    दमक (झापा) : तीन वर्षअघि महामारीको रूपमा डेंगु फैलिएको झापाको दमकमा यस वर्षसमेत यो रोग देखिएको छ। सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको हो।

    संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्।

    डेंगु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ। जनचेतनामूलक कार्यक्रमअन्तर्गत डेंगुबाट बच्ने उपायबारे टोल टोलमा पुगेर जानकारी गराउने क्रम जारी रहेको अर्यालले बताए। यस्तै, लामखुट्टेको टोकाइबाट फैलने डेंगुको स्रोत नै नष्ट गर्ने कार्यक्रमअनुसार लार्भा खोज्ने र नष्ट गर्ने क्रमसमेत चलिरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]