समाज

६३ लाख बढी रकम भ्रष्टाचार गरेको अभियोगमा झाविरुद्ध मुद्दा
SHARES

असार ३, २०७६

    काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिव विजयकान्त झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। साविक गाविसका लागि प्राप्त भएको सरकारी रकम हिनामिना गरेको भन्ने आरोपमाथि छानबिन गर्दा सचिव झाले ६३ लाख एक हजार ७१ बराबरको अनियमितता गरेको पाइएको आयोगले जनाएको छ। 

    सरकारी स्रोतबाट प्राप्त भएको रकम बदनियत राखी हिनामिना गरेको पाइएकाले बिगो असुल गरी कैद सजायको समेत माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

    यस्तै भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर सिमुहाङ किराँत र सबइन्जिनियर नइन्द्र पारोहाङ राईलाई घुस लिँदै गरेको अवस्थामा आज उनीहरूकै कार्यालयबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

    बाटो मर्मतको बिल भुक्तानी गर्ने प्रयोजनका क्रममा सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा इन्जिनियर सिमुहाङ र २० हजार घुस मागेको अभियोगमा नइन्द्रलाई पक्राउ गरिएको र उनीहरूको अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]