छापा

सँगै चियापान, अनि गोली हानाहान
SHARES

असार २६, २०७६

    काठमाडौं :  भोजपुर सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकाका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसे चिया खाइरहेका थिए। दुवै जनाबीच पहिलेखि नै चिनजान थियो। 

    भेट हुनासाथ हात मिलाए र चिया पपिउन सुरु गरे। चन्द समूहका ओखलढुंगा जिल्ला ईन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए। 

    प्रत्यक्ष दर्शीका अनुसार नीरकुमार दुईदिनयता चियापसलमा आउने जाने गरिरहेका थिए। बुुधबार पनि बिहानै आएर अरु मन्छेसँग 'हेलोहाई' गरिरहेका थिए करिब ८ बजे सञ्जीब आइपुगे। दुवैले दाइभाइको साइने पनि लगाए भन्ने खबर कान्तिपुर दैनिकमा खबर छ।  

    प्रतिबन्धपछि ८ मारिए

    सरकारले नेत्रविक्रम चन्द्र विप्लव समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता कार्यकर्ता मारिएका छन्। चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ।  पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका छन्।

    भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौँमा विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन्। काठमाडौँ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो। प्रतिबन्धयताको अवधिका दुई प्रहरीसहित ९ जना घाइते भएका छन्।

    २८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविधमा प्रतिबन्ध लगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]