साहित्य

सङ्गीत–नाट्यका ६ जना साधक पुरस्कृत

असार २६, २०७६

    काठमाडौं : नेपाली सङ्गीत तथा नाट्य जगत्‌का ६ जना  स्रष्टा र साधकहरूनेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार– २०७५ प्रदान गरिएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक विशेष समारोहमा पुरस्कार प्रदान गरिन्।

    पुरस्कार प्राप्त गर्नेमा वरिष्ठ साधकहरू नाट्य विधातर्फ श्यामदास वैष्णव, सङ्गीत विधातर्फ प्रेमध्वज प्रधान, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ जगदेव कामत, रङ्गमञ्च विधातर्फ ओममणि शर्मा, नृत्य विधातर्फ हनी श्रेष्ठ र लोकसङ्गीत विधातर्फ प्रेमदेव गिरी छन्। पुरस्कृत व्यक्तिहरुलाई ताम्रपत्र र दोसल्लाका साथ जनही एक लाख एक रुपैयाँ प्रदान गरिएको थियो। 

    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा  शताब्दी पुरुष सत्यमोहन जोशीको पनि उपस्थिति रहेको थियो। पुरस्कृत व्यक्तिहरू सबै आ–आफ्नो क्षेत्रमा पाँचदेखि सात दशकसम्म अविच्छिन्न योगदान पुय्राएका साधकहरू हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]