समाज

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

असार २६, २०७६

    कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका १ का ३९ वर्षीय व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। छोरीलाई बलात्कार गरेको आफैँले बनाएको भिडियो सार्वजनिक भएपछि बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। 

    मंगलबार राति आफ्नै जेठी छोरीलाई बलात्कार गरेको भिडियो बनाएको र कान्छी छोरीले सो भिडियो देखेपछि आमालाई खबर गरेकी थिइन। त्यसपछि घरमा झगडा हुन थालेपछि वास्तविकता छिमेकीले थाहा पाएका हुन्।

    छिमेकीले नै प्रहरीलाई खबर गरी बलात्कारीलाई पक्राउ गराएका हुन्। बलात्कारको आरोपित बाबु र बलात्कृत छोरीको सेती अञ्चल अस्पताल धनगढीमा बिहीबार मेडिकल चेकजाँच गरिएको छ।

    बलात्कारका आरोपितमाथि अनुसन्धानको कार्य भइरहेको इप्रका त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक भूपाल सिंह थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]