समाज

काठमाडौंको मूलपानीमा पर्खालले किचेर तीनजनाको मृत्यु
SHARES

असार २७, २०७६

    काठमाडौँं : काठमाडौँको मुलापानीस्थित बाबा चोकमा पर्खालले किचेर तीनजनाको ज्यान गएको छ । बाबा चोकमा टहरामा बस्दै आएका बाराका तीनजनाको अर्काको घरको पर्खालले किचेर ज्यान गएको हो।

    महानगरीय प्रहरी परिसर बौद्धका डिएसपी नरेन्द्र चन्दका अनुसार ज्यान गुमाउनेमा देउरानी–जेठानी र एकजना १० वर्षीय बालक छन्। 

    मृत्यु हुनेहरुमा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया मिनु यादव र १० वर्षीय कुन्दन यादव रहेका छन्। ‘टहरमा बस्दै आएका उनीहरुलाई अर्काको घरको बनिसकेको पर्खाल ढलेर किचेको हो’, चन्दले भने, ‘उनीहरु तीनैजनाको घटनास्थलमै मृत्यु भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]