विश्व

राष्ट्र बैंकद्वारा ग्रामीण स्वावलम्बन कोष निजी क्षेत्रलाई हस्तान्तरण

file Photo
असार ३१, २०७६

    काठमाडौं : नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको ‘ग्रामीण स्वावलम्बन कोष’ निजी क्षेत्रलाई हस्तान्तरण गर्ने गरेको छ।

    बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकले सो कोष साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई  हस्तान्तरण गरेको हो। ३० वर्षदेखि नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको सो कोषलाई अझै प्रभावकारी ढंगले संचालन गर्न साना किसान विकास लघुवित्त संस्थालाई हस्तान्तरण गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए।

    कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले नेपाल राष्ट्र बैंकले विश्वास गरेर हस्तान्तरण गरेको सो कोषको परिचालन गरी मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा सघाउ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

    २०४७ साल फागुन १७ गते मन्त्रिपरिषद बैठकको निर्णयबाट स्थापना गरिएको सो कोषमा करिव १ अर्ब पूँजी रहेको पनि गभर्नर नेपालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]