साहित्य

रुविको 'अछुत जून' र देवुको 'मनको पहिरो' सार्वजनिक
SHARES

साउन २, २०७६

     काठमाडौं : कवि रुवि सत्यालको कविताकृती 'अछुत जून' र मुक्तककार देवेन्द्र केसी 'देवु'को मुक्तककृति 'मनको पहिरो' कार्हमाडौंमा लोकार्पण गरिएको छ।

    लोकार्पित कृतिमाथि समालोचक महेश पौड्यालले टिप्पणी गरेका थिए। पौड्यालले रुविका कवितामा विश्वजनिन चेतना, सामाजिक, राजनीतिक विचलन, मानवीय चेतना र व्यवहारमा ह्रासोन्मुख परिदृश्यको उद्घाटन गरिएको बताए। उनले देवुका मुक्तक समयको बिम्ब रहेको धारणा राखे। समकालीन जीवन भोगाइको चित्र देवुका मुक्तकमा आएको पौड्यालको भनाइ थियो।

    कार्यक्रममा साहित्यकार घनेन्द्र ओझाले देवुका मुक्तक समकालीन नेपाली समाजको चित्रण गर्नमा सफल रहेको बताए। हामीले वर्तमानमा भोगेका थिती, बेथिती, आरोह अवरोह, दु:ख सुख आदि देवुका मुक्तकका विषय बनेक ओझाको भनाइ थियो।

    ओझाले रुविका कवितामा मानवीय संवेदना र राष्ट्रप्रेम प्रवल रहेको बताए। गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा तथा साहित्यकार भोजराज घिमिरेले दुवै स्रष्टालाई बधाई तथा शुभकामना दिएक थिए। प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपती गङ्गाप्रसाद उप्रेतीले दुवै स्रष्टाका रचनाको स्वर सामाजिक, राजनीतिक रूपान्तरण रहेको धारणा राखे।

    कार्यक्रम साहित्यकार डा. विष्णुराज आत्रेयको सभापतित्वमा सम्पन्न भएको थियो। 'मनको पहिरो' कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो भने 'अछुत जून' एडीबी पब्लिकेशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]