राजनीति

नेकपाका नेताले मेरो बदनाम गरे : मोहन बस्नेत, भिडियो
SHARES

फाइल फोटो
साउन ३, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरू आफूलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाएका छन्।

    पूर्वसंचारमन्त्री समेत रहेकाका बस्नेतले एक सहकारी बचत संस्थामा स्रोत नखुलेको आफ्नो ६१ करोड रुपैयाँ बचत रहेको झुटा समाचार सम्प्रेषण गर्न लगाउने काममा सत्तारुढ नेकपाकै नेताहरूको संलग्नता रहेको दावी गरे। उनले मिडिया काउन्सिल विधेयकविरुद्धमा आफू उभिएपछि सत्तारूढ दलकै केही नेताको संलग्नतामा आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठामाथि नै आँच आउने गरी त्यस्तो कपोलकल्पित समाचार सम्प्रेषण गराइएको दावी पनि गरे।

    काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा स्रोत नखुलेको ६१ करोड रुपैयाँ बचत रहेको र सो सम्बन्धमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएको समाचार केही समाचार माध्याममा आएको थियो। सोही समाचारको खण्डन गर्न शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले सो सहकारीमा आफू र आफ्नो परिवारको सदस्यको कुनै पनि खाता नरहेको पनि बताए।

    कांग्रेस केन्द्रीय सदस्य बस्नेतले सो सहकारी संस्थाको नाम आफूविरुद्धको सो समाचार आएपछि मात्रै थाहा पाएको उल्लेख गर्दै सो सहकारी संस्थाले पनि शुक्रबार विज्ञप्ति जारी गरेर आफ्नो नाममा कुनै पनि खाता नरहेको स्पष्ट पारेको पनि बताए। उनले आफूमाथि झुटा आरोप लगाइएको उल्लेख गर्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]