समाज

सडकको धूलोबाट इँटा बनाउँदै काठमाडौं महानगर
SHARES

साउन ३, २०७६

    काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरका सडकबाट संकलन गरिएको धूलोबाट इँटा बनाउने भएको छ।

    महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर)ले दैनिक संकलन गर्ने फोहोरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा निर्माण गर्ने कम्पनीलाई धूलो दिने योजना बनाइएको महानगरले जनाएको छ।

    यान्त्रिक कुचो सुरु भएदेखि अहिलेसम्म सो धूलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो। त्यसका लागि नियमित धूलो नचाहिने हुँदा जम्मा भएको धूलोलाई इँटा बनाउन प्रयोग गर्ने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। सडकबाट संकलन भएको धूलो इँटा बनाउनका लागि उपयुक्त हुने उनको भनाइ छ।

    महानगरले सञ्चालन गरिरहेका सबै ब्रुमरले दैनिक आठ टनसम्म धूलो संकलन गर्ने गरेका छन्। यो फोहोर अरू फोहोरमा मिसाउने नगरिएको उनको भनाइ छ। ‘ब्रुमरले धूलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसलाई संलनको समेत काम गर्दै आएको छ' उनले भने, 'हामीले फोहोरलाई सकेसम्म सदुपयोग गरेर कम परिमाणमा डम्पिङसाइटमा लैजाने योजना बनाइरहेका छौं।'

    महानगरले पनि फोहोरका संकलनका लागि काम गर्ने कर्मचारी कम गर्दे जाने योजना बनाएको उनले बताए। अहिले महानगर आफैंले खरिद गरेको पाँच र अनुदानमा प्राप्त दुईसहित सातवटा ब्रुमर छन्। तिनले महानगरलाई धूलोरहित बनाइरहेको उनको भनाइ छ। सडकको धूलोसँगै घरबाट सडकसम्म फोहोर आउनै नदिने योजना महानगरको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]