समाज

घर जग्गाको कर ९०० प्रतिशतले वृद्धि

साउन ३, २०७६

    संखुवासभा : संखुवासभाका चार स्थानीय तहका घर जग्गाको कर ९ सय प्रतिशतभन्दा बढी वृद्धि भएको छ। घरजग्गा न्यूनतम मूल्यांनका निधार्रण समितिले साउन १ गतेबाट लागू हुने गरी मूल्य बढाएको भन्दै जनप्रतिनिधिले इलाका मालपोत कार्यालय घेराउ गरेका छन्।

    घरजग्गा न्यूनतम मूल्यांनका समितिको वैठकले २०७६/०७७ को जग्गा रजिष्ट्रेशन लिखत पारित प्रयोजनको लागि मालपोत नियमावली २०३६ को नियम ५ ख बमोजिम  गठित समितिले कर बढाएको हो।

    जनप्रतिनिधिले गत २०७५ असार २५ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं घरजग्गा न्यूनतम मूल्यांनका अध्यक्ष गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले ९०० प्रतिशतभन्दा बढी बढाएको कर नघटाए आन्दोलनमा जाने चेतावनी दिएका छन्। तत्कालीन प्रमुख जिल्ला अधिकारी अधिकारीले २०७६ साल साउन १ गतेबाट लागू हुने गरी बढाएको घर जग्गाको कर बढाउन सिफारिस गरेको थियो। घरजग्गा न्यूनतम मूल्याङन गर्न प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला समन्वय समितिका सभापति सदस्य, नापी, मालपोत, कोष तथा लेखा नियन्त्रक कार्यालय सदस्य रहेको समितिले प्रति रोपनी ३५ हजारबाट बढाएर ३ लाख ५० हजार निर्धारण गरेको हो।

    चर्को कर वृद्धिलाई निरन्तरता दिँदै २०७६ असार ३१ गते प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको अध्यक्षतामा बसेको बैठले त्यही मूल्यलाई कामय हुने निर्णय गरेपछि जनप्रतिनिधि आन्दोलित भएको छन्। उनीहरूले प्रेस विज्ञप्ति जारी गरेर घरजग्गासम्बन्धी कारोबार, रजिष्ट्रशन, राजीनामा पासलगायतका काम गर्न रोक लगाइएको चैनपुर नगरपालिका-८ का अध्यक्ष भरत खड्काले जानकारी दिए।

     घर जग्गा मूल्य निर्धारण समितिले ९०० प्रतिशतमाथि कर बढाएकोले आन्दोलनमा जानु परेको उनको भनाइ छ। वडा अध्यक्ष खड्काले भने 'पक्कीमोटरबाटो, कच्ची बाटो, गोरेटो बाटो, खेतीयोग्य जमिन, अलैँची खेती, पाखो, घरको फरक फरक मूल्याङकन हुने पर्न भए पनि त्यो नभएको पाइएको छ।'

    चैनपुरमा मालपोत कार्यालयबाट चैनपुर, धर्मदेवी, मादी, पाँचखपन नगरपालिकाको घरजग्गासम्बन्धी कारोवार हुने गरेको छ। चारवटै नगरले घरजग्गासम्aन्धी कुनै पनि सिफारिस नदिनेसमेत निर्णय भएको नगरपालिकाले जनाएका छन्। असार ७ गते सम्ममा घर जग्गाको मूल्यवृद्धि संशोधन नगरिए चरणवद्ध आन्दोलनमा जाने जनप्रतिनिधिको भनाइ छ।

    मूल्यांकनको आधारहरू

    सहरीकरण, घरजग्गाको मूल्यवृद्धि, जनसंख्या वृद्धि , तथा भौतिक पूर्वाधार विकासलगायतको आधारमा मूल्यांकन गरिएको मालपोत कार्यालय चैनपुरका मालपोत अधिकृत ढुविन्द्र प्रसाद बरालले बताए। 'जग्गा नापजाँच ऐन  तथा नियमावलीबमोजिम निधार्ण भएको पूर्व मूल्यांकन पुस्तिका आधारमा कर वृद्धि गरिएको हो' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]