समाज

भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्वकर्मचारीद्वारा आत्महत्या

साउन ३, २०७६

    काठमाडौँ :  त्रिभुवन विश्वविद्यालयका पूर्व सहसचिव रामबहादुर पाण्डेले त्रिपुरेश्वरस्थित ६ तले राधा भवनबाट हाम फालेर आत्महत्या गरेका छन्। परीक्षार्थीको नम्बर थपघट गरेको अभियोगमा अख्तियार दुरूपयोग आयोगले अनुसन्धान भ्रष्टाचार मुद्दा चलाएपछि उनी तनावमा थिए। 

    डिप्रेसनको समस्यासँग पनि जुधिरहेका उनले काठमाडौं त्रिपुरेश्वरस्थित ६ तले भवनबाट हाम फालेर आत्महत्या गरेका हुन् । पाण्डेविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक वर्ष जेल सजाय मागसहित विशेष अदालतमा मुद्दा चलाएको थियो।। 

    लमजुङ स्थायी घर भएका ६७ वर्षीय पाण्डे भ्रष्टाचार मुद्दा चलेपछि कानुनी परामर्श गर्न भन्दै त्रिपुरेश्वरस्थित एक कानुन व्यवसायीकहाँ पुगेका थिए । परामर्शमा पुगेका बेला उनले हामफालेर आत्महत्या गरेका प्रहरीले जनाएको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]