साहित्य

राजेन्द्र थापाको उपन्यास ‘शकुनी बजारमा
SHARES

साउन ४, २०७६

    काठमाडौं : महाभारतको विवादास्पद पात्र समेटेर लेखिएको  राजेन्द्र थापाको उपन्यास ‘शकुनी’ सार्वजनिक भएको छ। शुक्रबार सर्वनाम थिएटरमा सम्पन्न कार्यक्रममा उपस्थित लेखक तथा पाठकले दशर्कदीर्घाबाटै उपन्यास सार्वजनिक गरे।

    फरक शैलीले आयोजना गरिएको कार्यक्रममा कुनै विशेष मञ्च र अतिथिहरू थिएनन्। उपन्यासलाई मात्र मञ्चमा राखेर गरिएको कार्यक्रममा उपन्यासबारे शरच्चन्द्र वस्ती र राजकुमार बानियाँले टिप्पणी गरे। भाषाविद् वस्तीले ‘शकुनी’ उपन्यासको जटिल परिक्षामा राजेन्द्र थापा उत्तीर्ण भएको बताए। ‘शकुनीका माध्यमबाट वर्तमान युगको चित्रण गर्न सफल उपन्यासले नयाँ प्रश्नहरू जन्म गराएको छ’, वस्तीले भने।

    यस्तै अर्का वक्ता राजकुमार बानियाँले शकुनी आख्यानात्मक  तवरमा लेखिए पनि गैरआख्यानको स्वाद पाइने बताए। उनका अनुसार आत्मपरक शैलीमा लेखिएको उपन्यासले विवाद सृजना गर्ने आधारहरू छोडेको छ।  ‘शकुनी पढेर पाठकले आफैँ निष्कर्ष निकाल्न सक्ने ठाउँ रहेको छ’, बानियाँले भने।

    लेखक थापाले भने सीमान्तकृत विजित पात्रको आँखाबाट उपन्यास लेख्न खोजेकाले आजको समाज र सामाजिक मुद्दालाई शकुनीले उठान गरेको दाबी गरे। दक्षिण एसियामा नै शकुनीको चरित्रलाई बुनेर आख्यान  नलेखिएको स्थितिमा  आफूले सिङ्गो उपन्यास लेख्न साहस गरेको बताए। यसअघि ‘खेलौना’ र  ‘द्रौपदी’ उपन्यास प्रकाशित गरिसकेका थापाको यो तेस्रो उपन्यास हो। 

    गीत र मुक्तकमा विशेष ख्याति कमाएका थापाको ‘फिर्ता चाहियो’ कथासंग्रह प्रकाशित छ। इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासको मूल्य ४ सय ४९ रूपैँया रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]