विचार

बिपी कोइराला : राजनीति र साहित्यमा गर्व गरिने महानायक
SHARES

महेन्द्रले भनेका थिए : मेरो पलङमाथिको बिपीको फोटो लिएर यहाँ झुन्ड्याऊ

साउन ४, २०७६

    नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई वर्षमा ३ पटक सम्झना गरिन्छ। भदौ २४ गते जन्म जयन्तीको रुपमा, राष्ट्रिय मेलमिलाप तथा राष्ट्रिय एकताको नीति लिएर पुस १६ गते स्वनिर्वासनबाट नेपाल फर्केको दिन राष्ट्रिय मेलमिलाप दिवसको रुपमा र साउन ६ गते उहाँको निधन भएको दिन अर्थात् स्मृति दिवसका रुपमा। 

    साउन ६ गतेलाई स्मृति दिवसको रुपमा पहिले बृक्षरोपणको रुपमा मनाइन्थ्यो र अहिले नेपाली कांग्रेसले बिपी स्मृति दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदैछ भने विभिन्न साहित्यिक संस्थाहरूले बिपीको साहित्यसम्बन्धी विषयमा चर्चा परिचर्चा गरेको पाइन्छ। विक्रम सम्वत २०३९ साल श्रावण ६ गते नेपाली राजनीतिका एक अथक प्रजातान्त्रिक योद्धा तथा नेपाली जनताका पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) ६८ वर्षको उमेरमा यस संसारबाट विदा हुनुभएको थियो।

    आज बिपीलाई फाँसी दिनुपर्छ भनेर उदाएको राष्ट्रवादी विद्यार्थी मण्डलका नाइके कमल थापा आफूलाई बिपीवादी भएको घोषणा गर्न थालेका छन् र बिपीको सिद्धान्त कमल थापाले अपहरण गरेकोमा डाक्टर बाबुराम भट्टराईलाई पिर परेको छ। कांग्रेसले बिपीलाई बिर्सेको भनेर गैर बिपीवादीहरू छटपटिएका छन्।

    राजनीतिमा सामाजिक प्रजातन्त्रवादी र साहित्यमा प्रयोगवादी मनोविश्लेषक बिपी मूलतः समाजको एक प्रगतिशील तथा गतिशील अभियन्ता हुनुहुन्थ्यो। उहाँको विचारमा उहाँलाई एउटा असल नेपाली भनी सम्झिए पुग्ने छ। उहाँलाई ठूलो हुने रहर कहिल्यै भएन र मोदिआइन लघु उपन्यासमार्फत समाजलाई एउटा अमृत वाणी छोडेर जानुभयो- ठूलो मानिस होइन, असल मानिस बन्नु पर्दछ। 

    बिपी राजनीतिमा प्रजातान्त्रिक समाजवादी र साहित्यमा उदारवादी अभियन्ताको रुपमा देखिनुभयो। समाजवादको नेपाली प्रयोगकर्ता जसले प्रजातन्त्रविनाको समाजवादको कल्पनासम्म पनि गर्नुभएन। त्यो समाजवादलाई नेपाली कांग्रेसले आफ्नो विधानमा विक्रम सम्वत् २०१२ सालमा समावेश गरेको थियो भने नेपालको संविधानमा अहिले त्यो राखिएको छ समाजवाद उन्मुख राज्यका रुपमा। 

    जब नेपालको नयाँ संविधान तयार भयो र कार्यान्वयनमा आउन थाल्यो, सबैभन्दा चर्चित प्रसङ्गहरू हुन्-समाजवाद उन्मुख शासन प्रणाली र संघीयता। गणतन्त्र भनेको संघीयता होइन र संघीयता गणतन्त्रमा मात्र हुँदैन। संघीयताले स्वायत्त शासनका लागि केही सीमाभित्र रही  तहगत राज्य प्रणालीलाई स्वीकार गरिएको हुन्छ भने समाजवाद उन्मुख राज्य प्रणालीमा राज्यको शासन प्रणालीमा समाज नै केन्द्रविन्दुमा हुन्छ।

    बीसौँ शताब्दीमा विश्वले हिटलरको समाजवाद पनि देख्यो र स्टालिनको समाजवाद पनि एउटै समयमा देख्यो। सोभियत संघ, चीन, क्युबा, उत्तर कोरिया, भियतनाम, पोल्यान्ड, पूर्वी जर्मनी, चेकोस्लोभाकिया आदि देशहरूको  समाजवाद र पश्चिम जर्मनीसहितका  स्क्यान्डेनिभियन देशहरूको समाजवाद सँगै उत्पत्ति भए र अपूर्वरुपमा विकसित भए।

    सत्तामा जुनसुकै दल भए पनि समाजवादी कार्यक्रमबाट कोही पनि टाढा जान सक्दैनन्। आज चीनसहितका देशमा समाजवादको अर्थ र युरोपका अन्य देशहरूको समाजवादको अर्थ पक्कै पनि फरक छ। तर नेपालमा समाजवादको अर्थलाई जसले जे मन लाग्यो, त्यही तरिकाले व्याख्या गरेको पाइन्छ। समाजवादलाई बिपीले प्रजातन्त्रसँग यसरी जोडेर व्याख्या गर्नुभएको थियो कि समाजवादबाट प्रजातन्त्र झिक्यो भने त्यो साम्यवाद हुन्छ र साम्यवादमा प्रजातन्त्रका गुणहरू समावेश गरेको बेलामा त्यो समाजवाद हुन्छ।

    त्यसैले राजा महेन्द्रलाई उहाँले आफ्नो कल्पनाको नेपालको खाका कोर्दै भन्नु भएको थियो रे-यदि तपाइँले विकसित नेपालको नक्शा बिगार्न खोज्नु भयो भने म त विराटनगरमा गएर खेती गरुँला तर तपाइँ कहाँ जाने नि? त्यसो भन्नु भनेका राजतन्त्रको अन्त्यलाई इंगित गरिएको थियो।

    बिपीले जीवनमा प्रजातन्त्रको सेरोफेरोमा मात्र समाजवादको परिकल्पना र अभ्यासको थालनी गर्नु भएको थियो आफ्नो १८ महिने शासन कालमा।विश्वेश्वरप्रसाद कोइरालाको नाम नै नेपाली राजनीतिमा यस्तो नाम हो जसको जीवनवृत्तले एउटा पूर्ण अर्थ दिन्छ प्रजातन्त्रको। जीवनका आरोह अवरोहको ज्वलन्त उदाहरण। पक्षमा लाग्नेहरू उनको सिद्धान्तका लागि ज्यान दिन तयार, विपक्षमा लाग्नेहरू ज्यान लिन सधैँ तयार।

    तरबारको धारमा जीवन जहिले पनि। तर बिपी भन्ने के भने खतरापूर्ण जीवन पो जीवन, जहिले पनि दुःख र पीडाले मात्र जीवन बाँच्न प्रेरणा दिन्छ। नभन्दै उहाँको जीवन सधैँ खतरापूर्ण र साहसको उदाहरणीय आदर्श मात्र बन्यो। जस्को आदर्श प्रजातन्त्र, त्यो पनि समाजमुखी प्रजातन्त्र जसलाई प्रजातान्त्रिक समाजवाद पनि भनिन थाल्यो।

    विधिको शासनमा मात्र जनताको कल्याणकारी राज्यको कल्पना गर्ने र आफ्ना कल्पनालाई साकार पार्नका लागि जनताको साझा चाहनामात्र आदर्शको रुपमा ग्रहण गर्ने एउटा नायकको रुपमा सधैँ बाँच्नु भयो। नेपालको प्रसंगमा त प्रजातन्त्र स्थापना, पुन:स्थापना र प्रजातान्त्रिक परिपाटीको स्थापना, संवर्द्धन, प्रवर्द्धन र संसदीय व्यवस्थालाई संस्कारजन्य बनाउने राजनीतिक संघर्षको मुहानको रुपमा नै लिइन्छ उहाँलाई। उहाँले यो धराबाट भौतिक रुपमा विदा लिनु भएको पनि ३७ वर्ष भएछ।

    २०३९ साल साउन ६ गते उहाँको भौतिक शरीर हामीबाट चुँडिएको थियो। नेपालीले र विश्वका प्रजातान्त्रिक समाजवादीले उहाँलाई एउटा महान प्रजातन्त्रवादी र एउटा संस्कारयुक्त असल मानिसको रुपमा सम्झने गर्छन् अहिले पनि। प्रजातन्त्र र स्वतन्त्रताको सेनानीको रुपमा र समाजवादको प्रजातान्त्रिकीकरणमार्फत् प्रयोगकर्ताको रुपमा। 

    राजनीति र साहित्यसँगै देखिएका बिपीका दुई अलग व्यक्तित्वले नेपाली राजनीति र साहित्य दुवैमा अलग-अलग तरिकाले आफ्ना स्थान ओगटेको सुन्न र देख्न पाइन्छ। एउटा प्रसङ्ग तत्कालीन नेपाल रोयल एकेडेमीको नेपाली साहित्य प्रदर्शनीको। कुलपति राजा महेन्द्र एकेडेमीमा आएर प्रदर्शनीको अवलोकन गरेर सोधेछन्-खोइ त महान साहित्यकारको फोटो? कसैले पनि अनुमान लगाउन सकेनन् कि उनै राजाले प्रजातन्त्रको पक्षपाती भएकाले सुन्दरीजल जेलमा कोचेर राखेको बिपीका वारेमा सोधेका होलान् भनेर।

    सबै हात जोडेर अलमलमा पर्दै आदेशको तामेली गर्न चाहे तर कुरो बुझेका थिएनन्। यसो हेरे झुन्ड्याएका फोटोहरूमा, लेखनाथजीको पनि छ, देवकोटाको पनि छ, समको पनि छ, अरु साहित्यकारकोे पनि फोटा झुन्डिएका छन्।

    प्रतीक्षा गरे राजाको आदेशको, आज्ञाको। अनि गुत्थी फुकाउँदै राजाले भनेछन्-खोइ, महान साहित्यकार बिपीको फोटो, देख्दिन त? बिपीलाई राजाका शत्रुको रुपमा र अराष्ट्रिय तत्वका रुपमा चित्रण गर्दै आएका निर्देशित प्राज्ञहरूलाई त्यो भनाइ अप्रत्याशित लाग्यो र मुखामुख गरेछन्। अनि राजाले आफ्नो अंगरक्षकलाई तत्काल भनेछन्- मेरो पलङमाथि झुन्ड्याएको बिपीको फोटो लिएर आऊ र यहाँ झुन्ड्याऊ।

    सायद त्यही फोटो अहिले पनि एकेडेमीमा छ क्यारे। यसले राजा महेन्द्र र बिपीका बीचको प्रेम र घृणाको सम्बन्धलाई केही हदमा भने पनि देखाउँछ। राजाले के देखाउन चाहेका होलान् भने राजनीतिज्ञ बिपीमात्र मेरो प्रतिस्पर्धी हुन्, साहित्यकार बिपी मेरा सम्मानका पात्र हुन्। त्यसैले बिपी राजनीति र साहित्य दुवैमा नेपालले गर्व गरिने महानायक हुन्।

    सिद्धान्त,आदर्श र निष्ठाका लागि जीवनभर अडिग रहने नायक नै  जननायकको रुपमा नेपालीको हृदयमा बसेका हुन् भन्न कति पनि हिच्किचाउनु पर्दैन। उनै बिपी  आजका युवाका लागि पनि प्रजातन्त्रका पक्षमा बोलिने र अभ्यास गरिने सिद्धान्तका प्रेरणास्रोत मानिनु हुन्छ। प्रजातन्त्रका पक्षमा आजसम्म त्यसप्रकारको नायक फेरि नेपाल  आमाले पाउन सक्नुभएको छैन भन्दा पनि हुन्छ। 

    एउटा प्रसङ्ग तत्कालीन नेपाल रोयल एकेडेमीको नेपाली साहित्य प्रदर्शनीको। कुलपति राजा महेन्द्र एकेडेमीमा आएर प्रदर्शनीको अवलोकन गरेर सोधेछन्-खोइ त महान साहित्यकारको फोटो? कसैले पनि अनुमान लगाउन सकेनन् कि उनै राजाले प्रजातन्त्रको पक्षपाती भएकाले सुन्दरीजल जेलमा कोचेर राखेको बिपीकाबारेमा सोधेका होलान् भनेर।

    उहाँलाई विभिन्न कालखण्डमा नेपालले देखेको छ। २००७ सालमा क्रान्तिनायकको रुपमा देख्यो, २०१६सालमा प्रचण्ड बहुमतको संसदीय नेताको रुपमा प्रधानमन्त्री भएर समावेशी मन्त्रिपरिषद बनाउने नेपाली कांग्रेसको संसदीय नेताको रुपमा देख्यो।

    २०१७ पुस १ गते एउटा महत्वाकांक्षी राजाले सैनिक बुटले प्रचण्ड बहुमतको राष्ट्रिय नेतालाई कुल्चदै विनाकारण जेलमा कोच्दै प्रजातन्त्रका हत्या गरेको देखिएको थियो। र त्यो नायकले कहिल्यै पनि प्रजातन्त्रका विरुद्धमा कसैसँग सम्झौता नगरेको देख्यो। त्यसपछि प्रजातन्त्रका लागि सशस्त्र संघर्षदेखि स्वेच्छाले भारत निर्वासन त्यागी राष्ट्रिय मेलमिलापको समन्वयकारी भूमिका देख्यो नेपालले २०३३ साल पुस १६ गतेदेखि। उहाँको त्यो नीतिले राष्ट्रियस्वरुप लिन नपाउँदै २०३९ साल साउन ६ गते उहाँको महानिर्वाणको बाटो लिनु भयो।

    बिपीको जीवनको उत्तरार्द्धमा मुलुक आफैँ खुकुलोपनतिर डोरियो जसका कारणले नेपाली जनताले निर्दलीय पन्चायती व्यवस्था कि बहुदलीय व्यवस्था भनेर जनमत संग्रहमा जान पाए। बिपीको मेलमिलापको नीति कसैको विरुद्धमा थिएन। अरु त अरु उहाँलाई फाँसीको सजाय दिनका लागि नौटंकी गर्ने राजाका विरुद्धमा पनि थिएन। त्यो नबुझ्ने राजतन्त्र एकदिन आफैँले खनेको खाल्डोमा पुरियो जसलाई बिपीले अडिट फर्मुलाको रुपमा व्याख्या गर्नुभएको थियो।

    एकदिन राजाले पुल्पुल्याएको वामपन्थी शक्तिले, पञ्चायत जोगाउन प्रयोग गरिएको शक्तिले नै राजतन्त्र खानेछ भन्ने भविष्यवाणी जुन बिपीले दिनु भएको थियो अडिट फर्मुला नाममा, आखिर प्रजातन्त्रको विकल्प खोज्ने राजतन्त्र त्यही माकुराको जालोमा अल्झियो, बल्झियो र नेपाली राजनीतिबाट सदाका लागि अस्तायो भनौँ, समाप्त भयो। 

    आज बिपीलाई फाँसी दिनुपर्छ भनेर उदाएको राष्ट्रवादी विद्यार्थी मण्डलका नाइके कमल थापा आफूलाई बिपीवादी भएको घोषणा गर्न थालेका छन् र बिपीको सिद्धान्त कमल थापाले अपहरण गरेकोमा डाक्टर बाबुराम भट्टराईलाई पिर परेको छ। कांग्रेसले बिपीलाई बिर्सेको भनेर गैर बिपीवादीहरू छटपटिएका छन्।

    नेपाल अहिले पनि पार्टी पार्टीबीच राष्ट्रिय मेलमिलापको प्रतीक्षामा छ। आफ्नै पार्टीका कार्यकर्ता र नेताका बीचमा पनि मेलमिलापको आवश्यकता छ। बिपीले देखाउनु भएको समन्वयकारी तर सिद्धान्तनिष्ठ बाटोमा नेपाल हिँड्न छाडेकोले पनि नेपालले आफ्नो गन्तव्यमा पुग्न पनि लामो बाटो हिँड्नु पर्ने भएको छ। 

    बिपीको यो शान्तिपूर्ण आन्दोलनले नेपालको राजनीतिमा गुणात्मक परिवर्तन ल्यायो। त्यसको पछिल्लो क्रमागत उपलब्धि भनेको  संविधानसभाबाट प्राप्त संविधान नै हो र आगामी उपलब्धि भनेको नयाँ संविधानअनुसारको नयाँ नेपाल नै हुनेछ जहाँ लोकतन्त्र, गणतन्त्र, संघीय स्वरुप र समावेशी चरित्रको शासकीय स्वरुप हुनेछ जसले राज्यको अन्ततः शासकीय उपाय लोकतान्त्रिक समाजवादतर्फ नै उन्मुख हुनेछ। 

    बिपी एउटा प्रजातन्त्रप्रतिको अविचल आदर्श र समाजको रुपान्तरण तर्फको निरन्तर सजगताको प्रतीक हुनुहुन्थ्यो। उहाँको जीवन खुला पुस्तक झैँ थियो। सम्पूर्ण नेपालीलाई एउटा कर्तव्यशील नागरिक बनाउने र विकसित नेपालको खाका उहाँको मन र मस्तिष्कमा अमिटरुपमा थियो भन्ने कुरा उहाँका भनाइ र गराइले पुष्टि गर्थे। त्यसैले राजा महेन्द्रलाई उहाँले आफ्नो कल्पनाको नेपालको खाका कोर्दै भन्नु भएको थियो रे-यदि तपाइँले विकसित नेपालको नक्शा बिगार्न खोज्नु भयो भने म त विराटनगरमा गएर खेती गरुँला तर तपाइँ कहाँ जाने नि? त्यसो भन्नु भनेका राजतन्त्रको अन्त्यलाई इंगित गरिएको थियो।

    सायद त्यही फोटो अहिले पनि एकेडेमीमा छ क्यारे। यसले राजा महेन्द्र र बिपीका बीचको प्रेम र घृणाको सम्बन्धलाई केही हदमा भने पनि देखाउँछ। राजाले के देखाउन चाहेका होलान् भने राजनीतिज्ञ बिपीमात्र मेरो प्रतिस्पर्धी हुन्, साहित्यकार बिपी मेरा सम्मानका पात्र हुन्। त्यसैले बिपी राजनीति र साहित्य दुवैमा नेपालले गर्व गरिने महानायक हुन्।

    न नेपालको विकास हुन सक्यो निर्दलीय पञ्चायत कालमा, न त त्यसपछि राजतन्त्र नै जोगिन सक्यो नेपालमा। बिपीको भौतिक शरीर हामीमाँझ नरहेको पनि ३७ वर्ष भयो। तर बिपी अहिले पनि नेपालीहरुको मन मस्तिष्कमा झन्झावत दिने गरी प्रजातन्त्रका पक्षमा एक्लो नायकका रुपमा हुुनुहुन्छ। आज उहाँका आदर्शलाई मानेर कम्युनिस्टहरू पनि प्रजातन्त्रवादी बनेका छन्। सायद यो नै उहाँको नीतिको ठूलो विजय हो।

    आज संसारमा नै प्रजातन्त्रको विकल्प देखिएको छैन र यदि प्रजातन्त्रको विकल्प छ भने प्रजातन्त्रमात्रै हो भन्ने बाहेक अर्को कुनै नीति तयार हुन सकेको छैन। बिपीका मौलिक नीति र शासकीय क्रियाकलापका वारेमा निष्पक्ष अनुसन्धान भएको छैन। बिपी आफैँ पनि भन्नुहुन्थ्यो-म लेफ्टह्यान्डेड क्रिटिकको फन्दामा छु ( अर्थात् कसैले मेरो प्रशंसा मात्रै गर्छन् त कसैले मेरो विरोधमात्र गर्छन् )।

    स्मृति दिवसमा यही कामना गरौँ-उहाँको निष्पक्ष मूल्यांकन हुनुपर्छ र समसामयिक विश्वमा उहाँको योगदानको अनुसन्धान हुनुपर्छ। सैतिसौँ स्मृति दिवसमा उहाँप्रति शब्द श्रद्धान्जलि, शब्द सुमनद्वारा कृतज्ञता ज्ञापन।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]