साहित्य

साहित्यकार 'गोरखबहादुर सिंह स्मृति ग्रन्थ' विमोचित
SHARES

साउन १५, २०७६

    काठमाडौं : साहित्यकार 'गोरखबहादुर सिंह स्मृति ग्रन्थ'को विमोचन भएको छ। राजधानीमा भएको विमोचन कार्यक्रममा राजनीतिज्ञ एवं साहित्यकारहरूले स्वर्गीय साहित्यकार गोरखबहादुर सिंहको व्यक्तित्व र साहित्यिक जीवनको चर्चा गरे।

    साहित्यकार गोरखबहादुर सिंह स्मृति ग्रन्थको विमोचन कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता बामदेव गौतम, नेकपा मसालका महामन्त्री मोनहविक्रम सिंह, पूर्वगृहमन्त्री जनार्दन शर्मा, नेकपाका नेता मणि थापा, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार गोविन्द पौडेललगायतले साहित्यकार सिंहले निजामति सेवा र साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

    सिंहका ११ कथासहित १७ साहित्यिक कृति प्रकाशित छन्। जीवनी, व्यक्तित्व र कृतित्वबारे शोध पनि भएका छन्। ग्रन्थ गोरखबहादुर सिंह स्मृति ग्रन्थ प्रकाशन समितिका तर्फबाट पुस्तकको प्राध्यापक केशव सुवेदी, रमेश सुवेदी र डा. लेखराज खतिवडाले गरेका छन्। पुस्तकको प्रकाशमा असीम सिंह, रमा सिंह, किरण खड्का र दीप्ति सिंह छन्।

    पुस्तकमा परिचय, संस्मरण, समालोचना र पत्रपत्रिका गरी चार खण्ड छन्। पत्नी शारदा सिंह, छोरा अमित सिंह र बुहारी सुरीति अर्याल सिंहलगायत परिवारका सदस्य र साहित्यकार गोरखबहादुर सिंहलाई नजिकबाट बुझ्नेहरुका संस्मरण छन्। पुस्तकमा गोरखबहादुर सिंहका साहित्यकि कृतिमाथि समालोचना पनि समेटिएको छ।

    सिंहको २०६९ साउन २३ मा असामायिक निधन भएको थियो। उनले निजामति सेवामा लामो समय बसेर नेपाल सरकारको काम गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]