समाज

बर्दियाका २ सय बढी ज्येष्ठ नागरिकले सुरक्षाभत्ता नपाएकाे गुनासाे
SHARES

साउन १६, २०७६

    बर्दिया : जिल्लाको ठाकुरबाबा नगरपालिका १ र २ का ज्येष्ठ नागरिकले आफूले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्। वडा नम्बर १ र २ का झण्डै २ सय ज्येष्ठ नागरिकले आर्थिक वर्ष २०७५/ ०७६ को अषाढ सम्मको तेस्रो किस्ता बापतको सामाजिक सुरक्षा भत्ताको रकम नपाएको ज्येष्ठ नागरिकले गुनासो गरेका हुन् ।

    वडा नम्बर १ र २ का सामाजिक सुरक्षाभत्ता लिनयोग्य झण्डै ७ सय जनाले मात्रै भत्ता पाएको तर झण्डै २ सय जनाले नपाएको ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । एक जना ज्येष्ठ नागरिकले भने, 'भत्ता किन नपाएको भनी नगरपालिकासम्म पुग्दा सामाजिक सुरक्षा भत्ताको रकम फ्रिज भयो भन्ने जवाफ दिइयो।' 
    यस्तो किन भयो बुझ्न सकिएन्। आफूहरूले किन सामाजिक सुरक्षा भत्ता नपाएको भन्नेबारेमा ज्येष्ठ नागरिक अन्योलमै छन्।

    सरकारले अहिले ज्येष्ठ नागरिकले पाउदै आएको सामाजिक सुरक्षा भत्ता बृद्धि गरी ३ हजार पुर्‍याएको छ। वडा नम्बर १ र २ का सामाजिक सुरक्षा भत्ता पाउन योग्य लाभग्राहीले भुरीगाउँको भार्गब बैंकबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम बुझ्दै आएका थिए। सामाजिक सुरक्षा भत्ताको रकम नपाएपछि बिहीबार ज्येष्ठ नागरिक नगरपालिका पुगेका थिए। 

    भत्ताको विषयमा नगर कार्यपालिकाको गम्भीर ध्यानाकर्षण

    सामजिक सुरक्षा भत्ता पाउन छुटेका लाभग्राहीका सम्बन्धमा नगर कार्यपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

    बिहीबार बसेको कार्यपालिकाको बैठकले रकम भुक्त्तानी हुन नसक्नुको मुख्य कारण पहिचान गरी आवश्यक कारवाही गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देश गर्ने जनाइएको छ। साथै सामाजिक सुरक्षा भत्ता पाउन छुटेकालाई तुरुन्तै उपलब्ध गराउने कार्यपालिकाको बैठकले निर्णय गरेको छ।

    ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ताको रकम किन नपाएका हुन भन्ने विषयमा अझै यसै भन्न नसकिने नगर प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष श्यामलाल थारुले बताए। नगरपालिकाले बैंकको गल्ती देखाए पनि, लेखा तथा पञ्जिका शाखा कस्को गल्ती छ पत्ता लगाइ तत्काल कारबाही गर्नुपर्ने जनाइएको छ। 

    यस्तै नगर उपप्रमुख कृष्णा कुष्मा थारुले सामाजिक सुरक्षा भत्ता बापतको रकम भुक्तानी गर्ने बैंक तथा नगरपालिकाका कर्मचारीलाई के कती कारणले रकम फिर्ता भयो भनी स्पस्टीकरण समेत मागेकी छन्।

    फिर्ता भएको सामाजिक सुरक्षा भत्ता बापतको रकम केन्द्र सँग पहल गरेर भए पनि नगरपालिकाले ज्येष्ठ नागरिकलाई दिलाउने नगरप्रमुख घननारायण श्रेष्ठले ज्येष्ठ नागरिकलाई आश्वासन दिएका छन्। यसरी झण्डै २०० जना ज्येष्ठ नागरिकहरुले सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता नपाउनुलाई ज्येष्ठ नागरिकले भने स्थानीय सरकारका कर्मचारीको लापरवाही भएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]