साहित्य

पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक 'सन्देश संग्रह' बजारमा

साउन १९, २०७६

    काठमाडौं :  पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित पुस्तक 'सन्देश संग्रह' बजारमा आएको छ। हिमानी ट्रष्टले आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै पुस्तक विमोचन गरेको हो। पत्रकार सम्मेलनका क्रममा पूर्वयुवराज्ञी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले पूर्वराजा शाहको सन्देश पढेर सुनाएकी थिइन्।

    पत्रकार सम्मेलनमा हिमानी ट्रष्टले नेपालमा भएका प्रकृतिक विपत्तिमा विभिन्न समयमा राहत उपलब्ध गराउँदै आएको जनाएको छ। २०७२ को भूकम्पमा पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म राहत वितरणमा ट्रष्ट लागिपरेको बताइएको छ।

    पूर्वराजा शाहको पुस्तक बिक्रीबाट उपलब्ध भएको रकम पनि कोषमै जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने पनि ट्रष्टकी अध्यक्ष हिमानी शाहले बताएकी छन्।

    ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]